सुनको मूल्य घट्यो


ओकेजनता डेस्क
२१ भाद्र २०७७, आईतवार

काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

मूल्य घटेर बजारमा छापावाला सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९६ हजार ४ सय रुपैयाँ रहेको थियो ।

आइतबार तेजावी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँ कायम रहेको छ । चाँदी भने तोलामा दश रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेर सुन प्रतिऔंस १ हजार ३ सय ३४ डलर हाराहारीमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्