काठमाडौं । नेपाल बैंक लिमिटेडमा झण्डै दुई सय जनाका लागि जागिर खुलेको छ । बैंकले आज अनलाइन दरखास्त फारम भर्नेबारे सूचना प्रकाशन गरेको छ ।
लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पदपूर्तिका लागि आवेदन मागिएको बैंकले जनाएको छ ।
आजदेखि अनलाइन दरखास्त भर्न बैंकले आह्वान गरेको छ । चैत १२ गतेसम्म अनलाइन दरखास्त पेश गर्ने समय छ।
बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको छ
।
यसको विस्तृत जानकारी बैंकले आजको गोरखापत्रमा सूचना निकालेर दिएको छ ।
स्थायी दरबन्दीका लागि बैंकले आवेदन खुला गरेको हो । दरखास्त दिने अन्तिम मिति चैत १२ गतेसम्म तह ६ सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्छ ।
तह ४ सहायक र तह ३ कनिष्ठ सहायक पदका लागि १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
फारम भर्नका लागि नेपाल बैंक लिमिटेडको वेवसाइट www.nepalbank.com.np बाट भर्न सकिन्छ ।