नेकपा बैठक : संवैधानिक निकायमा पदपूर्ति गर्न आग्रह


ओकेजनता डेस्क
६ आश्विन २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ । सचिवालय बैठकले संवैधानिक निकायहरुमा पदपूर्ति गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार बसेको बैठकले संवैधानिक परिषद्को बैठक राखेर पदपूर्ति गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो ।

साथै परिषद्को बैठक राखेर पदपूर्ति प्रक्रिया अगाडि बढाउन सबैलाई आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले सांगठनिक एकताका बाँकी कामलाई पुरा गर्न आवश्यक प्रस्ताव ल्याउन पार्टी अध्यक्ष र महासचिवलाई १० दिनको समय दिइएको छ ।

त्यसपछि सचिवालय बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्