यस्तो रहेछ मंगल ग्रह (तस्बिरमा)


ओकेजनता डेस्क
२० फाल्गुन २०७७, बिहीबार

काठमाडौंं । मानिसहरु मंगल ग्रह कस्तो हुन्छ भनेर निकै जिज्ञासा राख्छन् । त्यहाँ जो कोही पुग्न गाह्रो छ । अमेरिकाले भने विभिन्न समयमा त्यहाँ रकेट पठाउने गरेको छ ।

पृथ्वीबाटै त्यहाँको अन्दाज गरेर अमेरिकाबाट रकेट उड्छ । रातो ग्रह उपनामले चिनिने मंगल ग्रहमा अहिले अमेरिकी अन्तरिक्ष संस्था नासाले पठाएको पर्सिभिरेन्स अन्तरिक्ष यानले विभिन्न अनुसन्धान गरिरहेको छ ।

सात महिना लामो यात्रा गरेर मंगल ग्रहको सतहमा पर्सिभिरेन्स गत फेब्रुअरी १८ मा ल्यान्ड भएको थियो । अहिले पर्सिभिरेन्सको ६ पांग्रे रोभरले जेजेरो कार्टरमा कुनै बेला मंगल ग्रहमा जीवन सम्भव थियो कि थिएन भनेर अनुसन्धान गरिरहेको छ ।

ल्यान्ड भएयता उसले त्यहाँ खिचेका तस्बिरहरू नासालाई पठाइरहेको छ । जेजेरो कार्टरमा कुनै बेला ताल भएको अनुमान गरिन्छ। त्यही भएर मंगल ग्रहमा विगतमा जीवन सम्भव थियो कि थिएन भन्ने अध्ययन गर्न नासाले सोही क्षेत्रमा यान पठाएको हो ।

२.७ अर्ब डलर खर्च भएको दुई वर्ष लामो यो अभियानको मुख्य उद्देश्य रातो ग्रह भनेर पनि चिनिने मंगल ग्रहमा जीवनको अवशेष खोज्नु हो ।

सूर्यदेखि चौथो टाढाको ग्रहमा ३ अर्ब वर्षपहिले न्यानो र पानीको मात्रा भएकाले त्यहाँ जीवन सम्भव थियो भन्ने वैज्ञानिकहरूको अनुमान छ ।

पर्सिभिरेन्सले जेजेरो कार्टरको सतहमा उत्खनन् गरेर अवशेषको अध्ययन गर्ने छ । नासाका वैज्ञानिकहरूले अमेरिकाले मंगल ग्रहमा पठाएका २० मध्ये यो सबैभन्दा महत्वाकांक्षी मिसन भएको बताएका छन् ।

पर्सिभिरेन्सले आफूसँग एउटा सानो हेलिकप्टर पनि लिएर गएको छ । आफैं चार्ज भएर त्यो हेलिकप्टर मंगल ग्रहमा उड्ने छ ।

एक ग्रहबाट अर्को ग्रहमा उडाइएको यो पहिलो उडान हुनेछ । यदि उडान सफल भयो भने १.८ किलोग्रामको उक्त हेलिकप्टरले मंगल ग्रहको हवाइ अवलोकन गर्नेछ ।

 

तस्बिर हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्