कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्दै


ओकेजनता डेस्क
१९ फाल्गुन २०७७, बुधबार

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको जिम्मेवारी आए पछाडि नहट्ने बताएका छन् ।

बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफ्नो पार्टीलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आए पछि नहट्ने बताएका हुन् ।

उनले भने, ‘कांग्रेसलाई पदको लोभ छैन, तर काँधमा जिम्मेवारी आए पूरा गरेरै छाडिन्छ ।’

सभापति देउवा प्रधानमन्त्री बन्नका लागि लालायित बनेका छन् । पार्टीका अर्का वरिष्ठ नेता रामचन्द्र पौडेलका कारण उनलाई केही असहज भएको छ ।

कांग्रेसमा अहिले सरकारमा नजाने भन्ने पक्षमा बहुमत रहेको छ ।

यता, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका नेता तथा पार्टी स्थायी समितिका सदस्य सुवास नेम्वाङलाई प्रचण्ड–नेपाल समूहले कारबाही गर्ने निर्णय गरेको छ ।

पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सो समूहको केन्द्रीय समिति बैठकले नेम्वाङलाई कारबाही गर्दै संसदीय दलको उपनेताबाट समेत राजीनामा गर्न निर्देशन दिएको हो ।

बैठकपछि नेता भीम रावलले नेम्वाङले पार्टी अनुशासन उलंघन गरेकाले विधानअनुसार कारबाहीहित दलको उपनेताबाट राजीनामा दिन बैठकले निर्देशन दिएको जानकारी दिए ।

यस्तै बैठकले केन्द्रीय कमिटीका सदस्य विशाल भट्टराईलाई पनि कारबाही गर्दै संसदीय भूमिकामा पार्टीको हितअनुसार काम गर्न निर्देशन दिएको छ ।

केन्द्रीय सदस्यहरु प्रभु साह, महेश बस्नेत, कर्ण थापा, शान्ता चौधरी र सूर्य थापालाई पनि ६ महिनाका लागि निलम्बनको निर्णय गरेको रावलले जानकारी दिए ।

त्यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिपक्षी दलको भूमिकाबाट कांग्रेस कतै पनि डगमगाउनु नहुने बताएका छन् ।

चितवनमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले कांग्रेस प्रतिपक्षी दलको भूमिकामा रहनु पर्ने भन्दै जनतामा रहेका निराशा हटाउन कांग्रेस लाग्नु लाग्नु पर्ने बताए ।

उनले भने, ‘जनताले विश्वास गर्ने एकमात्र आधार रहेको पार्टी कांग्रेस हो । त्यही अनुसारको आचारण र व्यवहार देखाउन सक्नुपर्छ । राजनीति गर्नेहरुबाट जनता निराशा छन् ।

जनतामा रहेका निराशालाई फाट्दै यो मुलुकमा कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्