शृङ्खला विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा जाँदै


ओकेजनता डेस्क
१९ फाल्गुन २०७७, बुधबार

काठमाडौं । पूर्व मिस नेपाल शृङ्खला खतिवडा विश्वकै चर्चित विश्वविद्यालय हार्वर्डमा अध्ययन गर्ने भएकी छन् ।

अमेरिकाको उक्त विश्वविद्यालयमा उनले अर्बन प्लानिङ अर्थात् सहरी विकास योजनामा स्नातकोत्तर गर्न लागेकी हुन् ।

अध्यायनका लागि अगस्त महिनामा अमेरिका उड्न लागेकी उनले नेपालमा आर्किटेक्चरमा स्नातक गरेकी छन् ।

हार्वर्डबाट अध्ययनको लागि स्वीकृति पाएसँगै उनले सामाजिक सञ्जाल मार्फत उक्त खुसी साटेकी छन् ।

उनले खुसी साट्दै आफ्ना लागि यो अहिलेसम्मकै खुसीको कुरा भएको बताएकी छन् ।

खतिवडा सन् २०१८ की मिस नेपाल विजेता हुन् । मिस नेपाल विजेता बनेपछि चर्चामा छाएकी उनले मिस वर्ल्डमा समेत नेपालको प्रतिनिधित्व गरेकी थिइन् ।

पछिल्लो समय आर्किटेक्चर पेसा र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी उनको अध्ययनको विषयलाई लिएर मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले पनि बधाई तथा सफलताको शुभकामना दिएको छ ।

प्रतिक्रिया दिनुहोस्