काठमाडौं । भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूः स रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भा गेका छन् ।
सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियःन्त्रणमा लिएको छ ।
रकम लिएर भाग्दै गरेको प्र.२–०२–००१ झ ०००२ नम्बरको स्कोर्पियो गाडीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग २ नम्बर प्रदेश कार्यालयका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।
अख्तियारले पिछा गरेको थाहा पाएपछि अध्यक्ष क्षेत्रीले घू, स बापत लिएको रकम छिरेश्वर नगरपालिका–५ को बाटोमा छोडेर भागेको पनि आयोगले जनाएको छ ।
घू, स रकमसहित प, क्राउ गर्न गएको अख्तियारको टोलीले प्रहरीलाई खबर गरे पनि अध्यक्ष क्षेत्री भने अझै फ रार रहेका छन् ।
स्थानीयले अध्यक्ष क्षेत्रीलाई प क्राउ गरी कारबाही गर्नुपर्ने माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।