विप्लवसँग वार्ता हुँदै, बन्यो वार्ता टोली


ओकेजनता डेस्क
१८ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्नका लागि दुई सदस्यीय टोली गठन गरेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

गुरुङले विज्ञप्ति जारी गरी विप्लव समूहसँग वार्ताद्वारा समस्या समाधान गर्न २ सदस्यीय वार्ता टोली गठन गरेको बताएका छन् । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवलाई मुलधारमा ल्याउन प्रयत्न गरेका छन् । विप्लव पनि वार्ताका लागि तयार भएको छ ।

यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा आफुपक्षीय नेकपाको गण्डकी प्रदेशस्तरीय भेलामा आफ्नो सुरक्षामा खतरा रहेको बताउनु भएको छ ।

उहाँले आफ्नो ज्यानकै खतरा रहेको उल्लेख गर्दै कुनै पनि बेला आक्रमण भए वा ज्यान नै तलमाथि भए अनौठो नमान्न भन्नुभयो ।

नेपालको राजनीतिक अवस्था केही समय पहिलादेखि नै अत्यन्त तरल रहँदै आएको छ । देश एक किसिमको भीषण शल्यक्रियाकै चरणमा पुगेको अस्वीकार गर्न सकिन्न । समवेदनशील राजनीतिक जटिलताको उच्चतम् बिन्दुमा देश पुग्नै लागेको पनि विस्मृत गर्न सकिन्न ।

गत निर्वाचनमा झण्डै दुई तिहाईको बहुमत पाएर सत्तासीन भएको कम्युनिस्ट दलभित्रबाट उठेको चिया कपको तूफानले भीषण आँधीको स्वरुप धारण गरी देशमा यो जटिल परिस्थिति निर्माण भएको विश्लेषण गर्न कुनै किसिमको योग्यता अथवा डिग्री चाहिन्न ।

दलको विग्रह देशकै संक्रमणअवस्थामा रूपान्तरित भएको छ । परिवर्तन प्रकृतिको शास्वत नियम हो, यसको आफ्नै गति, मति र प्रक्रिया हुन्छ । प्रत्येक आरोहणको अन्तिम परिणति अवतरण नै हुन्छ ।

सगरमाथा आरोहणमा गएको व्यक्तिका आरोहण पश्चात् जुनसुकै दिशामा उठेका पाइलाले उसलाई अवतरणकै मार्गमा ल्याउँछ ।

प्रतिक्रिया दिनुहोस्