आगामी २३ गते संसदमा दुवै पक्षले गरेको तयारी बाहिरियो


ओकेजनता डेस्क
१८ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद अन्ततः संसदमै पुगेको छ । आफूमाथि अविश्वासको प्रस्ताव ल्याइने चाल पाएपछि संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहीँ फेस गर्नुपर्ने भएको छ ।

यो बीचको अवधिमा पनि आफ्नो पक्ष बलियो पार्न नसकेका प्रधानमन्त्री ओलीले संसदको कसरी फेस गर्लान भन्ने आमजनमानसमा प्रश्न उब्जिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसदको आह्वान गरेकी छन् ।

फागुन २३ आउन आजको मितिदेखि जम्मा ५ दिन रहेको छ । यो बीचमा नेकपाका दुवै पक्षले आफ्ना सांसद जोगाउने देखि अरुका सांसद तान्ने प्रयत्न गरिरहेका छन् ।

बढी मात्रामा ओली पक्ष सांसद तान्ने प्रपञ्चमा लागेको बाँकेमा नेकपा ओली पक्षका नेता महेश बस्नेतले गरेको क्रियाकलापले स्पष्ट पारेको समाचार बाहिरिएका छन् ।

संसद विश्वासको मत लिनका लागि नेकपाको दुवै पक्ष अल्पमतमा रहेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेसको समर्थन चाहिन्छ । कांग्रेस जता ढल्कियो उतैको बहुमत पुग्ने निश्चित छ ।

अर्को दल जनता समाजवादी पार्टीको एकल समर्थनले पनि नेकपाका दुवै पक्षलाई बहुमत पुग्दैन । जसपाले पनि सरकारमा जाने निर्णय गरिसकेको छैन । नेकपासँग उनीहरुले पनि आधिकारिकताको मा गरेका छन् ।

दलको आधिकारिता दिने अधिकार सम्पन्न निकाय निर्वाचन आयोग चुप बसेको छ । दाहाल–नेपाल पक्षले आयोगलाई चाँडै न्यायोचित निर्णय गर्न भनेपनि उसले सुनेको छैन ।

यता, नेपाली कांग्रेस पनि सरकार गए विघटन हुने निश्चित छ । वरिष्ठ नेता रामचन्द्र पौडेल कुनै पनि हालतमा सरकारमा जान नहुने बताइरहेका छन् ।

सभापति शेरबहादुर देउवा सरकारमा जाने नजानेबारे छलफलमा रहेका छन् । उनी सकेसम्म सरकारमा जाने मनस्थितिमा रहेका छन् ।

नेकपाका दाहाल–नेपाल पक्ष र ओली पक्षले देउवालाई प्रधानमन्त्री दिने बताइसकेका छन् । अहिलेको परिस्थितिमा संसदमा कसैको पनि बहुमत नभएकोले अविश्वासको प्रस्ताव नै अन्योलमा परेको छ ।

सर्वोच्च अदालतको निर्णय पनि झनै राजनीतिक अस्थिरता आएको ओली पक्षको भनाइ छ भने दाहाल–नेपाल पक्षले संविधानको मर्म र भावना अनुरुप फैसला आएको जनाएको छ ।

संसदको फेस गर्ने प्रधानमन्त्री ओलीलाई अबको यो यात्रा भने कठिनपूर्ण रहेको छ । अविश्वास प्रस्ताव खेपिसकेपछि ओलीले बाहिरिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्