प्रधानमन्त्री ओलीजस्तै थियो इन्धिरा गान्धीको यो बोली


ओकेजनता डेस्क
१८ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सुरक्षा थ्रे, ट भएको विषय सार्वजनिक गरेपछि उनको आलोचना शुरु भएको छ ।

तीनसय भन्दा बढी सुरक्षा घेरामा रहेका प्रधानमन्त्री ओलीलाई कहाँबाट सुरक्षा थ्रे, ट भयो भन्ने सवाल पेचिलो भएको छ ।

यता, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले प्रधानमन्त्रीज्यूको कुरा सुनेर आफूलाई आश्चर्य लागेको बताएका छन् ।

भारतमा इन्धिरा गान्धीले सन् १९७५ मा संक, टकाल लगाएपछि उनीविरुद्ध मु, द्दा चल्यो । बयान दिन जाँदा अदालतभित्रै छु रा हान्न खोजियो भनियो ।

पछि अनुसन्धान गर्दा त्यो बनावटी घ टना रहेछ । देशका लागि यति गर्दागर्दै पनि ह, त्या गर्ने योजना बनाइयो भनेर ‘सेन्टिमेन्ट’ लिन नाटक गरिएको रहेछ ।

अनुसन्धानको क्रममा त्यो कुरा पुष्टि भयो । पक्राउ परेका व्यक्तिले मलाई यस्तो गर्नु भनेर लगाइएको थियो, आ क्रमण नै गर्ने योजना थिएन भनेर खुलासा गरेका थिए ।

प्रधानमन्त्रीज्यूले पनि ममाथि ‘थ्रे ट’ छ भन्नुभएको छ । त्यति धेरै सुरक्षा हुँदाहुँदै पनि उहाँले आफूलाई सुरक्षा ‘थ्रे ट’ छ भन्नु लज्जास्पद हो ।

प्रधानमन्त्रीलाई कोबाट ‘थ्रे ट’ छ त ? कि त उहाँलाई आफ्नै पार्टीका विपक्षी समूहबाट ‘थ्रे ट’ हो । अर्को भनेको नयाँ नक्सा जारी गरेपछि भारतलाई ‘इन्डिकेट’ गरेको पनि हुन सक्छ ।

यो दुईवटा बाहेक अरू कोही पनि छैन । लोकप्रियता गुम्दै गएपछि देशका लागि केही गर्न खोज्दाखोज्दै मेरो ह त्या गर्न खोजिएको छ भनेर सहानुभूति लिन खोजेको जस्तो लाग्यो । तर, यो राम्रो होइन ।

पार्टीभित्रको समीकरणलाई व्यवस्थापन गर्न नसकेर यो अवस्था आएको हो । उहाँले संसद् विघटन गरेपछि सम्पूर्ण सुरक्षा वातावरण बिग्रिएको छ ।

उहाँले सुरक्षा शक्तिलाई दोष दिने कुनै ठाउँ छैन । अरू कुरा बिक्री नभएपछि प्रधानमन्त्रीले आफूमाथि अ सुरक्षाको कुरा बोल्नुभएको हो ।

आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्