शारीरिक ह:मला हुने भन्दै स्टेजमै भक्कानिए


ओकेजनता डेस्क
१७ फाल्गुन २०७७, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हम:ला हुनसक्ने बताएका छन् ।

कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले आफूहरुमाथि सम्पूर्ण रुपले प्रहार भएको बताए ।

‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ । शारीरिक हम:ला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला,’ उनले भने ।

उनले आफू नरहे पनि पार्टीको भविष्य अन्धकार जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘म रहिन भने पनि केही छैन, पार्टी छ । आन्दोलन छ । देश बनाउने पार्टीको भविष्य अन्धकारमा लैजान दिनुहुँदैन ।’

प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए । आफूमाथि हम:ला गर्न विभिन्न शक्ति ताकिरहेको उनको भनाइ छ ।

प्रधानमन्त्रीले कसले र किन हम:ला गर्दैछ भन्नेबारे खुलाएनन् । तर, उनले हमला भएर आफूलाई तलमाथि भएपनि कार्यकर्तालाई सही बाटोमा हिड्न सुझाए ।

प्रतिक्रिया दिनुहोस्