प्रियंका कार्कीले जन्मदिन र एनिभर्सरी मनाउँदै गर्दा बाहिरियो यस्तो तस्बिर


ओकेजनता डेस्क
१७ फाल्गुन २०७७, सोमबार

काठमाडौं । अभिनेत्री प्रियंका कार्की र आयुष्मान देशराज जोशी यतिबेला माल्दिभ्समा छन् ।

उनीहरू प्रियंकाको जन्मदिन र आफ्नो विवाहको पहिलो एनिभर्सरी मनाउन माल्दिभ्स पुगेका हुन् ।
२००५ मा ‘मिस टिन नेपाल’ को उपाधि जितेपछि रंगिन दुनियाँमा प्रवेश गरेकी अभिनेत्री प्रियंका कार्की शनिवारबाट ३३ वर्षकी भएकी छन् । २०४४ साल फागुन १५ गते काठमाडौंमा जन्मिएकी उनले यसपटकको आफ्नो जन्मदिन माल्दिभ्समा माइरहेकी छन् ।

उनलाई श्रीमान आयुष्मान देशराज जोशीले साथ दिएका छन् । यो जोडीले गत वर्षको फागुनमा लगनगाँठो कसेको थियो ।

आफ्नो ३३औं जन्मदिन मनाउन प्रियंका बिहीवार श्रीमानको साथमा माल्दिभ्स पुगेकी हुन् । उनीहरुले माल्दिभ्सको समुन्द्री किनारमा एकसाथ डिनर गरेका तस्विरहरु इन्स्टाग्राममा शेयर गरेका छन् ।

तस्विरमा दुवैलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । आयुष्मानसँग चुम्बन गरेका तस्विर पोस्ट गर्दै प्रियंकाले आफ्नो लागि यो सबैभन्दा सुन्दर दिन रहेको उल्लेख गरेकी छन् ।

रमाइलो कुरा के छ भने माल्दिभ्समा प्रियंकाको जन्मदिन रुसलान् भोड्काको प्रायोजनमा भएको हो ।

उनले इन्स्टाग्राम स्टोरीमा रुसलान् भोड्का नाम अंकित डिस्पोजेबल कपको एक तस्विर राख्दै माल्दिभसमा आफूहरुलाई कम्पनी दिएकोमा धन्यवाद दिएकी छन् । यो कम्पनीको नेपाल ब्रान्ड एम्बसेडर रहेकी उनको ब्याचलर पार्टीलाई पनि रुसलान् भोड्काले नै प्रायोजन गरेको थियो ।

तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका प्रियंका र आयुष्मान करीब एक वर्ष कोरोनाका कारण घरभित्रै सीमित भएका थिए ।

विवाह गरेको दुई हप्तामा कोरोनाका कारण देश लकडाउन भएपछि उनीहरु हनिमुनमा समेत निस्कन पाएका थिएनन् । प्रियंकाको जन्मदिन र फागुन १६ गते (आज) फस्ट एनिभर्सरी मनाउन प्रायोजक बोकेर उनीहरु माल्दिभ्स पुगेका हुन् ।

प्रियंका र आयुष्मानले एक अर्कासँगको फोटो पोस्ट गर्दै प्रेमिल शब्दहरूमा आफ्नो माया व्यक्त गरेका छन्।

उनीहरूले माल्दिभ्सको ‘मर्क्युर माल्दिभ्स कोड्डो रिसोर्ट’मा खिचाएका केही फोटा इन्स्टाग्राममा पोस्ट गरेका छन्। जसमा दुवै निकै खुशी र रोमान्टिक देखिन्छन् ।

फिल्म ‘थ्री लर्भस’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी प्रियंकालाई फिल्म ‘झोले, नाईं नभन्नू ल २’ ले करिअरको उत्कर्षमा पु¥याएको थियो ।

एक समय अभिनेत्रीको स्टारडमको भ्याकुम उनले पूरा गर्ने धेरैको विश्वास पनि थियो । तर, फिल्म छनोटमा गम्भीर नहुँँदा अहिले उनको स्टारडम कमजोर बनेको छ ।

उनी अभिनीत नयाँ फिल्म ‘लक्का जवान’ प्रदर्शनको पखाईमा छ ।

प्रतिक्रिया दिनुहोस्