कोमल ओलीलाई रघुजी पन्तको एकाबिहानै फोन


ओकेजनता डेस्क
१७ फाल्गुन २०७७, सोमबार

काठमाडौं । नेकपा दाहाल–नेपाल पक्षका नेता रघुजी पन्तले राष्ट्रिय सभा सदस्य कोमल वलीका विषयमा आफुले दिएको टिप्पणीबारे माफी मागेका छन् ।

नेता पन्तले नराम्रो आशयले नबोलकेको भन्दै वलीलाई फोन गरेर समेत माफी मागिसकेको बताए ।

‘मेरो मुखबाट निस्केको केही शब्दले उँहालाई जुन चोट पुग्न गयो त्यसको दुख व्यत्त गर्छु’, उहाँले भन्नुभयो ‘मेरो आशय त्यस्तो थिएन, त्यसको लागि माफी माग्छु ।’

राजनीति गर्नेले केही बोल्दा विचार गर्नुपर्ने भन्दै बोलेका कुरा गलत भए बोलिसकेपछि पनि सच्याउनुपर्ने तर्क पन्तको छ ।

त्यसैअनुसार आफुले वलीसँग माफी मागेको पन्तले बताउनुभयो । लोकतन्त्रमा बोल्न पाइने तर आफुले बोलेका कुराले कसैलाई चोट पर्छ भन्ने सच्याउन सक्नुपर्ने उनको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘आफुलाई सच्याउनका लागि सरी भन्दा केही फरक पर्दैन, सरी भन्दैमा कोही सानो हुदैन, सरी भन्दा लोकतान्त्रिक संस्कार देखिन्छ ।’

भिडियो इडिट गरेर आफुलाई चित्त नबुझेको मान्छेका बारेमा भिडियो राख्ने संस्कार बढेको पनि उनको भनाई छ ।

तर आफुले बोलेको केही शब्दले आफुलाई नै असहज महसुस भएको उनले बताए ।
उनले भने, ‘मैले केही शब्द प्रयोग नगर्नुपथ्यो, पछि भिडियो हेर्दा र साथीहरुले भनेपछि महसुस गरे, माफी पनि मागे ।’

एक अर्को प्रसंगमा नेता पन्तले प्रधानमन्त्रीले आफुले गरेको गल्ती स्वीकार गदै माफी माग्नुपर्ने बताए ।

सर्वोच्चले असंवैधानिक ठहर गरेपछि राजिनामा दिनु उपयुत्त भएको बताउदै उनले माधव, प्रचण्ड भएको भएपनि आफुले राजीनामा माग्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्