काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भा’गरथी भट्टको ह’त्यामा सं’लग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका दिनेश भट्टको डिएनए परीक्षणका लागि पठाइएको छ ।
डिएनए परीक्षणका लागि रगतलगायत आवश्यक पर्ने अन्य वस्तु राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको हो ।
डिएनए परीक्षणबाट अनुसन्धानमा आवश्यक परेका थप कुराको पु’ष्टि हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
परीक्षण रिपोर्ट केही दिनमै आउने भएको छ । नमिलेमा उनी छुटने छन् अनी घ’टनाले नयाँ मोड लिने छ ।
यसअघि भा’गरथीको भ’जा’इन’ल ‘स्वा’ब पनि प्रयोगशाला पठाइएको भए पनि परीक्षण रिपोर्ट भने आएको छैन ।
गत माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नपुगेपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा वि’भ’त्स र नि’र्व’स्त्र अवस्थामा फे’ला परेकी थिइन् ।
त्यसपछि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा गत फागुन ५ गते प्रहरीले दिनेशलाई सार्वजनिक गरेको थियो ।
भा’गरथीको ह’त्यामा संलग्न दिनेशमाथि अनुसन्धानका जिल्ला अदालतबाट तेस्रोपटक म्याद थप गरिएको छ ।
अनुसन्धानका लागि प्रहरीले तेस्रोपटक थप पाँच दिनको लागि अनुमति पाएको हो ।
यसअघि फागुन ५ गते पहिलोपटक र फागुन १० गते दोस्रोपटक म्याद थप गरिएको थियो ।
शुक्रबार तेस्रोपटक अनुमति पाएपछि थप अनुसन्धान काम भइरहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।
अनुसन्धानको फाइल केही दिनमै सरकारी वकिल कार्यालयमा बुझाउने तयारी रहेको छ । उनले भने, “आवश्यक पर्ने सबै कुरा जुटाइरहेका छौँ, अनुसन्धानमै छौँ ।
अहिले नै सबै कुरा भन्न मिल्दैन ।” दिनेश नाबालक रहेकाले २१ दिनभित्र हिरासतमा राखेर अनुसन्धान सक्नुपर्ने हुन्छ । सोहीअनुसार अनुसन्धान कार्य जारी रहेको हो ।
दिनेशले यसअघि प्रहरी, घरपरिवारसहित सरकारी वकिल कार्यालयमा लिइएको बयानमा आफूले नै भा’गरथीको ब’ला’त्कारपछि ह’त्या गरेको स्वीकारेका थिए ।
जिल्ला अस्पतालमा गरिएको भा’गरथीको श’व परीक्षण रिपोर्टमा पनि ब’ला’त्कारपछि ह’त्या भएको उल्लेख छ ।
भा’गरथी दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा कक्षा १२ र आरोपित दिनेश पनि सोही विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए ।
दिनेश र भा’गरथी एउटै गाउँका हुन् । उनी दुवैबीच दिदीभाइ नाता पर्दछ ।