सामुदायिक एफएममा आज बिहान आःगलागी


ओकेजनता डेस्क
१७ फाल्गुन २०७७, सोमबार

काठमाडौं । योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आ,गलागी भएको छ ।

आज बिहान लागेको आःगलागी नियन्त्रणमा आइसकेको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठले जानकारी दिए ।

सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पुबजारमा सञ्चालित उक्त रेडियोको स्टुडियोबाट शुरु भएको आगोले रेकडिङसहित भवनसमेत जःलेर नष्ट भएको जनाइएको छ ।

आःगलागीबाट एक करोड बराबरको क्षःति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत् सर्ट भएर आःगलागी भएको अनुमान गरिए पनि कारण खुल्न सकेको छैन ।

नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयवासी, रेडियोका कर्मचारी, प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाही, प्रहरी नायब उपरीक्षक दिनेश शर्मा, वडाध्यक्षलगायतको सहयोगमा करिब दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

विसं २०६१ मा स्थापना भएको सोलु एफएम हाल एक हजार वाट क्षमतामा प्रसारण भइरहेको छ । रेडियोको सामग्री सबै जःलेर नष्ट भएको हुँदा नियमित प्रसारणमा केही समय लग्न सक्ने समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्