कोमल वलीले मुख खोलिन्, रघुजी पन्तलाई यस्तो तयारी


ओकेजनता डेस्क
१६ फाल्गुन २०७७, आईतवार

काठमाडौं । नेकपा (आन्दोलनरत पक्ष)का नेता रघुजी पन्तले गायिका कोमल ओलीले तीघ्रा देखाएर सांसद पद पाएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जाल तातेको छ ।

पन्तको अभिव्यक्तिलाई अश्लिल र अराजकको संज्ञा दिँदै महिला अधिकारकर्मीले कारबाहीको माग गरेका छन् ।

यता, ओली पक्षका नेता ऐन महरले भनेका छन्, ‘मा.कोमल ओलिप्रती रघुजी पन्तको टिप्पणी खेदजनक छ । यो एक प्रकारको लैंगिक हिंसाजन्य अभिव्यक्ति हो त्यसैले कानुन बमोजिम कारबाहीको जोडदार माग गर्दछु ।’

त्यस्तै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मा.कोमल वली चर्चित लोक गायिका र संचारकर्मी हो । राजनीतिमा उनको प्रवेश सोही परिवेशवाट भयो । लैंगिक रुपमा उनको आलोचना खेदजनक छ ।’

अर्कोतिर, नेपाल कम्युनिष्ट पार्टीका प्रचण्ड–नेपाल समूहका नेता रघुजी पन्तले लोकगायिका तथा राष्ट्रिय सभा सांसद कोमल वलीमाथि सार्वजनिकरुपमा ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेका छन् ।

उनले हिजो एक कार्यक्रममा बोल्दै वलीले ‘सरक्क सारी सर्काएर पिंडुला देखाएको भरमा’ संसद बनेको दावी गरे ।

पन्तले आफ्नो पार्टीमा संघर्ष गरेका महिलाहरुले अवसर नपाएको चर्चा गर्ने क्रममा वलीको प्रसंग निकालेका थिए ।

उनको भनाइ जस्ताको तस्तै– ‘छन्, महिलाहरु अहिले केपीतिर पनि लागेका छन् । बीसौं वर्ष बिहे नै नगरेर यो पार्टीमा लागेका महिलाहरु छन् । तर, तिनले टिकट पनि पाएनन् ।’

उनले थपेका छन्, ‘राष्ट्रिय सभा पनि पाएनन् । केपी ओलीले यसो‘ केरे‘ कोमल वलीले यसो (सारी उचालेको हाउभाउसहित) सारी सरक्क सर्काएर गोडा, पिंडुला देखाइदिएपछि संसद त तिनै भइन् ।’

पन्तको यस्तो अभिव्यक्तिमा सहभागीहरु हाँसेको र ताली बजाएको समेत सुनिन्छ ।

पन्तको उक्त टिप्पणीमाथि कोमलले आपत्ति जनाएकी छन् । उनले एउटा ट्वीट गर्दै पन्तलाई नीच व्यक्तिको संज्ञा दिएकी छन् ।

वली लेख्छिन्, ‘हामीले नेता मानेका रघुजी पन्त कति नीच हुनुहुँदोरहेछ भन्ने बल्ल खुलेकोछ। पन्तजीलाई मेरो प्रश्न,तपाईको पार्टीमा कुनै पदमा रहनुभएका महिला नेतृहरुले को कसलाई पिंडुला देखाएर त्यो स्थानमा पुग्नुभएको हो ? के यो देशमा महिला कुनै पदमा पुग्न तपाईंको जस्तो दरिद्रसोचको शिकार हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्