काठमाडौं । आमा–बाबु दुवै अर्काअर्कैसँग बिहे गरेर हिँडे । अलपत्र छोरी गुजाराको संघर्षमा थिइन् । कामको प्रलोभन दिँदै एक जनाले डेरामा लगे । बन्ध, क बनाएर केही दिन बला, त्कार गरे ।
मुस्किलले फुत्किएकी १५ वर्षीया बालिका चिनेजानेकाको शरणमा पुगिन् । तिनकै सहयोगले आरोपित समातिए ।
आरोपितले बला, त्कार स्विकारिसके । बालिका प्रहरी संरक्षणमा छिन् । तर, एउटा कानुनी जटिलता आएको छ– आँखैअगाडिको बलाः त्कारीबारे किटानी जाहेरी कसले दिने ?
आफन्त को छन्, कहाँ छन् ? पीडितलाई थाहा छैन । स्वयं उनका लागि उजुरी दिन कानुनले रोक्छ । किनकि, उनको उमेर पुगेकै छैन ।
बालिकामाथि बला, त्कार हुन सक्छ । तर, कानुनले तिनलाई स्वयं उजुरी गर्न रोक्दो रहेछ ।
पीडित मात्र होइन, प्रहरी पनि यही जटिलताले रनभुल्लमा छ । मोरङको उर्लाबारी–५ घर बताउने बालिकालाई बुवा–आमा कहाँ छन् भन्ने पत्तो छैन ।
आमाबुवा दुवै जनाले अर्कै बिहे गरेको भन्ने सुनेकी छन् । आठ वर्षको उमेरदेखि नै अभिभावकविहीन बनेकी उनलाई आफन्तको साथसमेत मिलेन ।
भोक लाग्दा चिनजानकासँग मागेर खानु उनको बाध्यता बन्यो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।