ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै, कांग्रेसको यस्तो चाल


ओकेजनता डेस्क
१५ फाल्गुन २०७७, शनिबार

काठमाडौं । प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई बदर गरेको सर्वोच्च अदालतको निर्णयले नेकपाका सांसद तानातानमा परेका छन् ।

पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी गरेको छ । यसैकारण सांसद तानातानमा परेका हुन् ।

फैसलाअनुसार प्रतिनिधि–सभाको अब बस्ने बैठकमा दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ ।

प्रस्तावसँगै नयाँ प्रधानमन्त्रीको नाम तोक्नुपर्ने भएकाले दाहाल–नेपाल समूहले आफ्नो पक्षका सांसदको हस्ताक्षरसहितको सूची तयार पारिरहेको छ ।

प्रधानमन्त्री ओलीले पनि शुक्रबार होटल याक एन्ड यतीमा आफू निकट सांसदको भेला राखेर बहुमत जुटाउने कसरत गरेका छन् ।

ओली समूहले संसद्मा अविश्वासको प्रस्ताव दर्ता भए सामना गर्ने तयारी गरेको छ । दाहाल–नेपाल समूहले संसद्मा अविश्वासको प्रस्ताव राख्ने भएपछि प्रधानमन्त्री ओली त्यसको सामना गर्ने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षको अविश्वासको प्रस्तावलाई डटेर सामना गर्ने बताएका छन् । अहिलेको यो स्थितिमा प्रधानमन्त्री ओलीको बहिर्गमन नै सही रहेको विश्लेषकहरुले बताउँदै आएका छन् ।

नेपाली कांग्रेसभित्र पनि ओलीको बिदाइका पक्षमा बढी सांसदहरुको बहुमत छ । जसले कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि समस्यामा पारेको छ ।

कांग्रेस सभापति देउवा र प्रधानमन्त्री ओलीबीच बलियो साँठगाँठ रहेको कांग्रेसकै नेताहरुको टिप्प्णी छ ।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्