२२ गते बस्ने संसदमा यस्तो छ तयारी


ओकेजनता डेस्क
१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को अहिलेको विवाद चरमोत्कर्षमा पुगेको ।

निर्वाचन आयोगले दुई पक्षमध्ये कसैलाई पनि आधिकारिकता प्रदान नगरेपछि झनै समस्या निम्तिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि उत्पन्न परिस्थिति जटिल बन्दै गएको छ ।

नेकपाका दुई पक्षमध्ये सरकार सञ्चालनका लागि कसैको पनि बहुमत पुग्ने अवस्था छैन । यसले अझ परिस्थिति जटिल बन्दैछ ।

प्रधानमन्त्री ओलीले सरकार नछोड्ने अडान लिएपछि अब २२ गते संसद बस्दैछ । त्यसमा अविश्वासको प्रस्ताव पारित भएमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्दछ ।

तर, नेकपाका शीर्ष नेताहरु मिल्नुको विकल्प नभएको बताइरहेका छन् । पुरानो नेतृत्वको इगोका कारण भविष्य अन्योल भएको भन्दै तल्लोस्तरका नेता कार्यकर्ता रिसाएका छन् ।

प्रतिक्रिया दिनुहोस्