नेकपा प्रमुख सचेतक देव गुरुङलाई कारबाही


ओकेजनता डेस्क
१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको प्रमुख सचेतकबाट देव गुरुङ बर्खास्त गरेका छन् ।

उनको स्थानमा विशाल भट्टराई नियुक्त भएको ओली पक्षका एक नेताले जानकारी दिए । पार्टीको अनुशासन विपरित काम गरेको भन्दै गुरुङलाई बर्खास्त गरिएको हो ।

नेकपा विभाजनको संहारमा एक पक्षले अर्को पक्षलाई कारबाही गर्ने क्रम तिब्र छ । दाहाल–नेपाल पक्षले पनि ओलीसँग लागेका धेरै नेताहरुको जिम्मेवारी खोसिसकेको छ ।

प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइहेको दाहाल–नेपाल पक्षलाई ओलीले आफूलाई हटाएर देखाउन भन्दै थप निर्णय लिएका छन् ।

प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने दाबी गरेका छन् । उनको पक्षमा अहिले ११० जना सांसद रहेको दाबी गरिएको छ ।

यतिबेला सरकारु बन्नका लागि नेकपाका दुवै पक्षमा कांग्रेसको समर्थन अनिवार्य छ । तर, कांग्रेस सरकारमा नजाने बताइरहेको छ ।

सभापति शेरबहादुर देउवा सरकारमा जानुपर्ने पक्षमा भएपनि कांग्रेसमा सरकारमा नजाने पक्षमा बहुमत बढी छ ।

यदि देउवा केही मानिस लगेर सरकारमा गएमा कांग्रेसमा विभाजन हुने देखिएको छ । अहिले सरकारमा जानका लागि जसपा तयार भएको छ ।

यद्यपि उसले नेकपाको दाहाल–नेपाल पक्षलाई पहिले आधिकारिकता लिएर आउन भनेको छ ।

अहिले निर्वाचन आयोगले नेकपाको आधिकारिकता कसैलाई प्रदान गरेको छैन । यसरी हेर्दा केन्द्रीय कमिटी बहुमत सदस्य दाहाल–नेपाल पक्षमा रहेका छन् ।

ढिलो चाँडो दाहाल–नेपाल पक्षले नेकपाको आधिकारिकता पाउने विश्लेषकहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्