बामदेव गौतम प्रधानमन्त्री ओलीसँग


ओकेजनता डेस्क
१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेकपा ओली पक्षका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीसँग नेता बामदेव गौतमले भेटवार्ता गरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर गौतमले ओलीसँग छलफल गरेका हुन् ।

दिउँसो २ः३० बजे बालुवाटार पुगेका गौतमले ओलीसँग करिब एक घण्टा कुराकानी गरे ।

स्रोतका अनुसार, गौतमले ओलीसँग पनि पार्टी एकतालाई बल पुग्नेगरी निर्णय लिन आग्रह गरेका छन् ।

नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताएका गौतमले बिहीबार दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् ।

संसद् विघटन पछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेकको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्