अबको राष्ट्रपतिका सम्भावित अनुहार, लबिङ शुरु


ओकेजनता डेस्क
१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । सर्वोच्चको निर्णयपछि नेपाली राजनीतिक वृत्तमा फरक रुप देखिएको छ । सर्वोच्चको निर्णयले संविधानको रक्षा त गरेको छ नै, शासकलाई समेत सबक सिकाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले इतिहासमा नमेटिने गरी आफ्नो नाम कोरेर गएका छन् । उनको निर्णयले हाइहाइ भएको छ ।

सर्वोच्चले आफ्नो निर्णय त सुनायो तर, राजनीतिक वृत्तमा पुनः हलचल शुरु भएको छ । हुँदाखाँदाको दुई तिहाइ बहुमत जोगाउन नसकेका नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार निर्माणका लागि कांग्रेस गुहारिरहेका छन् ।

यता, दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सर्वोच्चको फैसलाले उत्साहित त बने, मीठो लड्डु पनि खाए । माधवकुमार नेपाल र प्रचण्डले चितवनमा मिठाइ खाएर खुसीयाली मनाए तर, त्यसको डकार भने हालसम्म अमिलो नै छ ।

अहिले सरकार निर्माणमा निकै सकस भएको छ । कांग्रेस, जसपालगायतका दलसँग नेकपाका दुवै पक्ष सहकार्य गर्न खोजिरहेका छन् ।

यता, जसपाले सरकारमा गए आफूलाई राष्ट्रपति अनिवार्य भनेको छ । राष्ट्रपतिका लागि जसपाका अध्यक्ष महन्त ठाकूरलाई पार्टीले सिफारिस गर्ने भनिएको छ ।

त्यस्तै, कांग्रेसले पनि आफू सरकारमा जाने निश्चित भएपछि प्रदेश नम्बर १ र बागमती प्रदेशको मुख्यमन्त्री हुँदै, केन्द्रमा प्रधानमन्त्री दाबी गरिरहेको छ ।

यी सबै घटनाक्रम हेर्दा नेकपाका लागि दुई तिहाइ बालुवामा पानी साबित हुनेछ । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल आफू राष्ट्रपति बन्ने दौडमा लागेका छन् । यतिमात्र होइन उनले एमसीसी पास हुन्छ समेत भनिसकेका छन् ।

धेरैको बुझाइमा नेपालमा एमसीसी पास गराउनकै लागि अस्थीर राजनीतिको प्रादुर्भाव गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्