नेकपा पुनः मिल्ने तयारीमा, यस्ता छन् शर्त


ओकेजनता डेस्क
१४ फाल्गुन २०७७, शुक्रबार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकतालाई मजबुद बनाउन तल्लो तहका नेता, कार्यकर्ता जुटेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभाको पुनस्र्थापना गरिदिएसँगै सरकार निर्माणमा समेत सकस पर्ने भएकोले एकताको विकल्प नरहेको नेता, कार्यकर्ता बताउँदै आएका छन् ।

नेपाली कांग्रेससँग मिलेर मिलीजुली सरकार बनाउने दाहाल–नेपाल पक्षको निष्कर्षमा पनि तुसारापात आएपछि एकताको विकल्प खोजिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि नेपाली कांग्रेससँग मिलेर जाने रणनीतिमा जुटेका छन् ।

प्रधानमन्त्रीसँग कांग्रेस सभापति शेरबहादुर देउवा मिल्ले सहमति भएको कांग्रेस पनि टुक्र–टुक्रा पक्का छ । पार्टीका बहुमत सदस्यहरुले अहिले कांग्रेस सरकारमा जान नहुने तर्क गरिरहेका छन् ।

यदि नेपाली कांग्रेस सरकारमा गयो भने उसलाई पनि नेकपाको एक पक्षले साथ दिनुपर्ने हुन्छ । जसपा पनि सरकारमा जान लालायित बनिरहेको छ । जसपाले सरकारमा जाँदा आफूहरुलाई राष्ट्रपति चाहिने अडान लिएको छ ।

जनताले दिएको दुई तिहाइ बहुमतको कदर गर्न पनि नेकपा मिल्नुको विकल्प छैन ।

यता, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेकपा विभाजनको प्रष्टतापछि मात्र संसद् पुनःस्थापनाबाट विकसित राजनीतिक घटनाक्रमबारे निर्णय लिने निष्कर्ष निकालेको छ ।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार अपराह्न बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले नेकपाको वैधानिक विभाजनको प्रतिक्षा गर्ने निष्कर्ष निकालेको हो ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले संसद बैठकपछि उत्पन्न हुने परिस्थितिअनुसार पार्टीले निर्णय लिने सर्वसम्मत निष्कर्ष निकालेको जानकारी दिए ।

अहिले सरकारमा जाने वा नेकपाका कुन पक्षलाई समर्थन गर्ने भन्ने अवस्था नरहेको छलफलको निष्कर्ष रहेको महतको भनाइ छ ।

बैठकमा सभापति देउवाले नेकपाको केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल दुवै पक्षबाट सत्ता सहकार्यको प्रस्ताव आएको बताएका थिए ।

नेता अर्जुननरसिंह केसीले भने, ‘बैठकमा आफ्नो दृष्टिकोण भन्दा पनि दुवै पक्षबाट सहयोगको अपेक्षा गरिएको छ । यो अवस्थामा हामीले लिने दृष्टिकोण के हुन्छ ? भन्ने धारणा राख्नु भयो ।’

 

प्रतिक्रिया दिनुहोस्