चर्चाको शिखरमा बामदेव गौतम


ओकेजनता डेस्क
१३ फाल्गुन २०७७, बिहीबार

काठमाडौं । मुलुकको ठूलो दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित अवस्थामा रहँदा एकीकृत रुपमा अगाडि बढाउने प्रण गरेका नेकपा सांगठनिक विभाग प्रमुख बामदेव गौतमको पुनः चर्चा हुँदै छ ।

कम्युनिष्टलाई शक्तिशाली बनाउन माधव–प्रचण्डको भूमिका रहने बताउँदै आएका बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली फेल भइसकेको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले बाटो बिराएर त्यसमा शुन्यता हासिल गरिसक्नुभएको छ, यद्यपि उनको आन्दोलन र बलिदानलाई बिर्सन मिल्दैन । उचित भूमिका दिएर वा आराम गर्नका लागि सुझाव दिएर एकतालाई मजबुद बनाउनुपर्छ ।’

लोकतान्त्रिक विधि पद्धतीमा जनमतलाई अंगिर गरेर मात्रै अगाडि बढ्न सकिने उनको तर्क छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाई गर्दै मंगलबार सर्वोच्च अदालतले फैसला गरेसँगै प्रधानमन्त्री ओलीले नाकाबन्दी लगाउँदा लिएको साख गुमाइसकेका छन् ।

न्यायालयप्रति विश्वास राख्ने नेपाली जनताले प्रधानमन्त्रीको कदम गैरलोकतान्त्रिक रहेको ठहर गरेका छन् । ओलीले आफ्ना वरपर रहेका दोस्रो पुस्ता भनिएका गालीगलौजमा सक्रियहरुलाई भूमिकामा राखेर सिंगो कम्युनिष्ट आन्दोलनमा होमिएकाहरुलाई ब्याक गर्दा उनले देखाउने चुच्चे नक्साको साख गुमाएका छन् ।

नेकपा दुवै समूहमा माधवकुमार नेपाल, पुष्पकमल दाहाल, केपी शर्मा ओली र रामबहादुर थापा महत्वपूर्ण भूमिकामा छन् । यतिबेला बामदेवको ‘इन्ट्री’ भने गजबको हुने देखिन्छ ।

बामदेवलाई हातमा नलिएर नेकपाका दुवै पक्षलाई सरकार बनाउन सकस नै देखिन्छ । यद्यपि माधव–प्रचण्ड समूह कांग्रेसको साथ लिएर सरकार बनाउने रणनीतिमा छ ।

त्यसमा बामदेवले आफ्नो अब्जेक्सन गर्दै आएका छन् । उनले हुँदा खाँदाको बहुमत छोडेर अन्य हूर्मत लिन नहुने भनिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्