काठमाडौं । नेकपा ओली पक्षका नेता गोकुल बास्कोटाले सांसदहरुलाई खरिद बिक्री गर्न नसकिने बताएका छन् ।
एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै उनले सांसदहरुलाई किनेर सत्ता निर्माण गर्न नसकिने बताएका हुन् ।
उनले भने, ‘कस्तो प्रश्न गरेको हो ? के सांसदलाई किनेर सरकार निर्माण गर्न सकिन्छ ? यस्ता उल्टा प्रश्न नगरौँ ।’
उनले एक फरक प्रसंगमा भनेका छन्, हँुदा खाँदाको दुई तिहाइको सरकारलाई लत्याएर देउवासँग मिल्न जानु गलत छ ।
उनले भने, ‘मुलुकलाई निकास दिन विगत बिर्सेर मिल्न जरुरी छ । नेकपाको विरासत कसैले पनि कुल्चन सक्दैन । हामी अरुसँग मिल्यौँ भने कमजोर बन्छौ । दुईचार दिन खुसी भएर लड्डु खाँदैमा केही हुनेवाला छैन ।’
उनले आफूले प्रधानमन्त्रीलाई राजीनामा नदिन भनेको बताएका छन् ।