मेरा भाइहरु लड्डु खाँदैछन् रे : प्रधानमन्त्री ओली


ओकेजनता डेस्क
१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले विकासमा छलाङ मारेको बताएका छन् ।

एक सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले पदमा रहुञ्जेल राम्रो काम गर्नुपर्ने बताए । उनले भने, ‘मेरा भाइहरुले लड्डु खाए रे, अब के पाउँछन् मैले हेर्नुछ । अब भोलि, पर्सीदेखि राजीनामा देऊ, राजीनामा देऊ भन्लान ।’

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘बाचुञ्जेल गतिशील हुने हो, मरेपछि त के नै पाइन्छ र ? स्वार्थबाट लपेटिएका मानिसहरुले गलत मनोवृत्तिका कारण काम गर्दै गर्दा अवरोध गर्छन् । मानिस जहिले पनि एक समान रहनुपर्छ ।

उनले भने, ‘सूर्य उदाउँदा, अस्ताउँदा रातै भएर उदाउँछ, अस्ताउँछ । मानिस जन्मिदाँ रुन्छ, मर्दा रुँदैन । यो देश बनाइ छोड्छौ । यो देशका जनतालाई समृद्ध बनाएरै छोड्छौ ।’

विकासका विरोधीहरुले भएको विकास सहन नसकेको उनले बताए । उनले भने, ‘मैले राजीनामा दिने कल्पना नहोस् ।’

प्रतिक्रिया दिनुहोस्