प्रधानमन्त्रीले आत्मालोचना गरे माफी पाइन्छ : रावल


ओकेजनता डेस्क
१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं । नेकपा (आन्दोलनरत पक्ष)का नेता एवम् सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मआलोचना गरेर जनतासामु माफी मागे नेकपाको एकता सम्भव हुने बताउनुभएको छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि बुधबार धनगढीमा पत्रकार सम्मेलन गर्दै रावलले अंसैवधानिक कदमको आत्मआलोचना गरी प्रधानमन्त्रीबाट राजीनामा दिए ओलीप्रति पार्टी सकारात्मक हुनसक्ने बताउनुभएको हो ।

संविधानमा नभएको व्यवस्था लाद्न खोजेका ओलीलाई सर्वोच्चले पाठ सिकाएको भन्दै रावलले आत्मआलोचना गर्न सुझाउनुभएको छ ।

नेता रावलले १३ दिनभित्र संसद बैठक बोलाउन सर्वोच्चको आदेश वमोजिम प्रतिनिधि सभा अगाडि बढ्ने बताउनुभएको छ ।

अहिलेको अवस्थामा सरकार गठन गर्ने भन्दा पनि लोकतन्त्रको रक्षा गर्नु प्रमुख कुरा आवश्यकता भएको उहाँको भनाइ छ ।

देश र संविधान बच्यो भने मात्रै नेपालीको शीर उच्च रहने रावलको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्