बाबुराम प्रधानमन्त्री


ओकेजनता डेस्क
१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं । पछिल्लो विकसित राजनीतिक घटनाक्रमले फरक रुप लिएसँगै अब नेपालको प्रधानमन्त्री को बन्छ होला भन्ने बहस शुरु भएको छ ।

सबैले प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको अग्रिम शुभकामना दिइरहेका छन् ।

तर, यतिबेला जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको पनि प्रधानमन्त्रीमा सम्भावना बलियो हुँदै गएको छ ।

प्रतिपक्षीको जिम्मेवारी पाएको कांग्रेस सरकारमा गएपनि पदमा बस्दा प्रतिष्ठा गुम्ने खतरा बढ्ने भएकोले र जनताले प्रधानमन्त्री लालचा बोकेका देउवा भन्ने डरले उनी प्रधानमन्त्रीको कुर्सीमा नबस्ने सम्भावना बढेको छ ।

भर्खरै उपचारका लागि भारत हिडेका भट्टराई प्रधानमन्त्रीको बलियो दाबेदार बन्नसक्ने आंकलन भइरहेको छ ।

यता, सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसदीय दलको बैठक बोलाएको छ ।

आज अपराह्न ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

 

बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ ।

प्रचण्ड–माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ ।

सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्