प्रधानमन्त्री ओलीलाई गलत सूचना दिने पात्र !


ओकेजनता डेस्क
१२ फाल्गुन २०७७, बुधबार

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत सुझाव दिएर यो परिस्थितिको सिर्जना भएको भन्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालको आलोचना भेको छ ।

नेकपाकै नेता, कार्यकर्ताहरुले उनको राजनीतिक भविष्य समाप्त भएको टिप्पणी गरेका छन ।

तर, रिमालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला सबैले मान्नुपर्ने बताएका छन् ।

यद्यपि, यो फैसलाले जारी राजनीतिक समस्या हल नगर्ने जिकिर गरेका छन् ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाका सन्दर्भमा सम्मानित सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्छ ।

यद्यपि यस फैसलाले जारी राजनीतिक समस्या भने हल गर्दैन ।

प्रतिक्रिया दिनुहोस्