सूर्य थापाको खुलासा : प्रधानमन्त्रीको नयाँ रणनीति यस्तो छ


ओकेजनता डेस्क
११ फाल्गुन २०७७, मंगलवार

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले राजीनामा नदिने उनका सल्लाहकार सुर्य थापाले बताएका छन ।

फेसबुक पेजमा लेख्दै उनले प्रतिनिधि सभाको सामना गरेर प्रधानमन्त्री ओली अगाडि बढ्ने बताए ।

उनले भनेका छन, सर्वाेच्च अदालतले गरेकाे फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ ।

यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूकाे कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ ।

सत्ताकाे खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिधिसभाकाे सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ ।

तत्काल राजीनामा दिनुहुने छैन ।

प्रतिक्रिया दिनुहोस्