प्रधानमन्त्रीको जन्मदिनमा सूर्य थापाको सरप्राःइज


ओकेजनता डेस्क
११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिन आज । उनी ७० औँ जन्मदिन मनाइरहेका छन् । ७० औँ जन्मदिनको प्रधानमन्त्री ओलीलाई भिषण शुभकामना पनि ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लेखेका छन्, ‘आइरन स्टाण्ड, दृढ निश्चयी र स्वप्नदर्शी, नेपाली राजनीतिका धरहरा व्यक्तित्व लोकप्रिय, सबल र अटल नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई ७० ओैं जन्मदिनको अवसरमा हार्दिक शुभकामना !’

यतिबेला प्रधानमन्त्री ओलीलाई उनी निकटहरुले शुभकामना दिइरहेका छन् । प्रधानमन्त्री नजिकका पात्र ऐन महरले पनि उनलाई शुभकामना दिएका छन् ।

उनले लेखेका छन्, ‘आज पनि दोहोर्याउछु मैले फेसबूकमा जन्मदिनको शुभकामना दिने एकमात्र व्यक्तित्व नेपाली राजनीतिका शिखर पुरुष नेपाली जनताको आशा र भरोषाको केन्द्र सुखी नेपाली समृद्ध नेपालका नायक नेकपा श्रद्धेय अध्यक्ष एवं सम्माननिय प्रधानमन्त्री राजनेता केपि शर्मा ओलि लाई ७० औं जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।’

 

प्रतिक्रिया दिनुहोस्