फेरिँदै प्रधानमन्त्री ओलीको बोली !


ओकेजनता डेस्क
११ फाल्गुन २०७७, मंगलवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनस्र्थापना भएपनि आफ्नो राजनीति नसकिने बताएका छन् ।

एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विघटित संसद पुनस्र्थापना हुने तर्फ संकेत गरेका हुन् । बौद्धिक जमात प्रतिनिधि सभा विघटनको विपक्षमा देखिएपछि प्रधानमन्त्री ओलीको बोली फेरिँदै गएको छ ।

उनको बोलीले आफ्ना नेता, कार्यकर्तालाई राजनीतिक रुपमा परिपक्व भएर आगामी दिनमा उभिन संकेत गर्छ । सर्वोच्चमा फैसलाको अन्तिम तयारीमा रहेको प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धामा यतिबेला सबैको ध्यान केन्द्रीत भएको छ ।

नेकपा (दाहाल–नेपाल पक्ष)का नेता विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘प्रधानमन्त्री केप ीओली बिस्तारै जमिनमा फर्किने कोसिस गर्दै हुनुहुन्छ ।’

रिजालले अगाडि भनेका छन्, ‘प्रतिनिधि सभा पुनस्र्थापना भएपनि मेरो राजनीति सकिँदैन भन्ने उहाँको भनाइले आफ्ना कार्यकर्तालाई भावी राजनीतिका लागि मानसिक रुपमा तयार रहन मात्र संकेत गर्दैन, नेपालको अबको राजनीति कता जान्छ भन्ने पनि संकेत गर्छ ।’

रिजाल लेख्छन्, ‘लोकतन्त्रमा पक्रियासम्मत हार र जितलाई युद्धको हार वा जितजस्तो वारपारका रुपमा लिन मिल्दैन ।’

 

प्रतिक्रिया दिनुहोस्