विप्लव नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्चको आदेश


ओकेजनता डेस्क
१० फाल्गुन २०७७, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न आदेश दिएको छ ।

उनी सम्भवत सबै प्रक्रिया पूरा गरेर आज रिहा हुँदैछन् । विप्लव माओवादीसँग एकता गर्ने सरकारको रणनीति अनुसार उनी रिहा हुँदैछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’सँग वार्ता भइरहेको बताएका थिए । अबको केही दिनपछि विप्लव समूहसँग सरकारले वार्ता गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्