प्रधानन्यायाधीश राणा र प्रधानसेनापति थापाबीच भेट


ओकेजनता डेस्क
१० फाल्गुन २०७७, सोमबार

काठमाडौं । मुलुकमा प्रतिनिधि सभा विघटन र अस्थीर प्रणालीको हाबी भइरहेका बेला प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग प्रधानसेनापति पूर्णचन्द्र थापाले भेट गरेका छन् ।

थापा सोमबार अपरान्ह १ बजे सर्वोच्च अदालत पुगेर करिब एक घण्टा बिताएका थिए । सर्वोच्च अदालत स्रोतका अनुसार सर्वोच्च अदालतको निर्माण हुन लागेको भवन सेनाको जग्गामा पर्ने भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले प्रधानसेनापतिलाई बोलाएका हुन् ।

‘सर्वोच्च अदालतको भवन निर्माण हुँदै छ सर्वोच्च पछाडि, त्यो सेनाको क्याभलरी भएको जग्गा हो,’ अदालत निकट स्रोतले भन्यो, ‘सरकारी जग्गा भए पनि हस्तान्तरण र प्राप्तिको एउटा प्रक्रिया हुन्छ ।

त्यो प्रक्रियामा प्रधान सेनापति सेनाको प्रमुख भएकाले त्यसबारे कुरा गर्न प्रधानन्यायाधीशले उहाँलाई बोलाउनु भएको हो ।’

प्रतिक्रिया दिनुहोस्