नेकपामा नयाँ ट्विःस्ट आउँदै…


ओकेजनता डेस्क
१० फाल्गुन २०७७, सोमबार

काठमाडौं । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ वर्षे विरासत गुम्दै जाने खतरा बढेको छ । तत्कालीन समयमा दुई पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको शक्तिशाली वामगठबन्धनबीचको ग्राफ निकै माथि पुगिसकेको छ ।

दुई दलले गरेको बाचा तीन वर्ष नपुग्दै तुहिएको छ । जनतालाई स्थीर सरकार दिने, विकासको मूल फुटाउने, सबैलाई एकतावद्ध गरेर लैजाने चुनावी घोषणा तुहिँदै गएका छन् ।

नेकपा यतिबेला आफ्नो विरासत थेग्न सकिरहेको छैन । अन्ततः यो दल निर्वाचन आयोग र सर्वोच्चको शरणमा पुगेको छ । सवोच्चले प्रतिनिधि सभा विघटन सदर वा बदर गरेपनि मुलुक अस्थीर बन्ने खतरा बढेको छ ।

प्रतिनिधि सभा विघटन सदर नभए प्रधानमन्त्री ओलीले आन्दोलन गर्ने चेतावनी दिएका छन् भने दाहाल–नेपाल पक्ष प्रतिनिधि सभा विघटनकाविरुद्ध सडकमा आन्दोलनरत छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको जनसभामा दाहाल–नेपाल पक्षका अध्यक्षद्वयलाई पार्टीमा स्वागत गर्न आतुर रहेको जनाएका छन् भने, दाहाल नेपाल पक्ष प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेको छ ।

जनताको दुई तिहाइ जनमत पाएको जननिर्वाचित सरकारलाई धरापमा पारेर ओलीले प्रतिगमनको बाटो समातेको प्रचण्डको तर्क छ । यता, ओलीले आफूले काम गर्न नपाएर प्रतिनिधि सभा विघटन गरेको दाबी गर्दै आएका छन् ।

अहिले सबैको ध्यान फागुन १२–१३ गतेभित्र आउने सर्वोच्चको फैसलातिर छ । सर्वोच्चले विवेकपूर्ण फैसला गर्नेमा दुवै पक्ष विश्वस्त छन् ।

पछिल्लो समय पूर्ववतः एमाले एक ठाउँ भन्ने अभियानको पनि शुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्