काठमाडौं । नेकपा (दाहाल–नेपाल पक्ष)ले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ । पार्टी विभाजन भएपछि दाहाल–नेपाल पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो ।
पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ । आइतबार मात्रै पार्टी संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी तयार पारिएको ९ बुँदे मापदण्ड सार्वजनिक भएको थियो ।
अब ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेकोमा यसमा दुवै पक्षलाई ५० प्रतिशत हिस्सा पुग्ने गरी भागबण्डा मिलाइने छ ।
जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि टुंग्याउन बाँकी छ । https://drive.google.com/file/d/1OcWI0Hkj9lPigYVgvyaL-WEBuCaOrKMN/preview