सरकारसँग विप्लवका यी शर्त, आजै प्रतिबन्ध फुकुवा हुँदै…


ओकेजनता डेस्क
१० फाल्गुन २०७७, सोमबार

काठमाडौँ । नेत्रविक्रम चन्द विप्लव समूह र सरकारबीच वार्ताको अन्तिम तयारी शुरु भएको छ । सरकारका मन्त्रीहरुले विप्लव नेताहरुसँग भेटघाट तीब्र पारेका छन् । स्रोतका अनुसार आजै मन्त्रिपरिषद्को बैठक बसेर विप्लवमाथि लागेको प्रतिबन्,ध फुकुवा गर्ने तयारी भइरहेको छ ।

विप्लव समूह पनि यसअघि नै वार्ताका लागि तयार भइसकेको छ । सरकार र विप्लव समूहबीच पत्रहरु आदानप्रदान भएको एक नेताले बताए । विप्लवले कुन शर्तमा तालमेल गर्ने भन्नेबारे खुलाइएको छैन । विप्लवसँग सहकार्य गरेर संयुक्त सरकारको अवधारणालाई अगाडि बढाउने प्रधानमन्त्री केपी शर्मा ओलीको तयारी रहेको उनी निकट नेताको भनाइ छ ।

यसअघि विभिन्न अरा,जक गतिविधिमा संलग्न सिके राउत समूहलाई वार्तामा ल्याएर मूलधारको राजनीतिमा लगाएका ओलीलाई यो अवसर पनि सूनौलो रहेको ती नेताले बताए ।

विप्लवले आफ्ना बन्दी बनाइएका कार्यकर्ताहरुको रिहाइको माग गरेको छ । आजै या भोलिसम्ममा विप्लवपछि वरियतामा रहेका नेता धर्मेन्द्र बास्तोलालाई रिहाइको तयारी भइरहेको स्रोत बताउँछ । यसअघि पनि नख्खु कारा,गारमा रहेका विप्लव नेता ओमप्रकाश शर्मालाई ओली सरकारका मन्त्री मणि थापाले भेटेका थिए ।

सरकारले जतिसक्दो चाँडै सर्वोच्चको फैसला अगावै विप्लवसँग सहकार्य गरिरहेको स्रोतको भनाइ छ । आफैले प्रतिब,न्ध लगाएको समूहलाई प्रधानमन्त्री ओलीले कमजोर भएपछि फुकुवाको तयारी गरिरहेको एक नेताको भनाइ छ ।

नेपालको राजनीतिमा विप्लव समूहले अरा,जक गतिविधि गरिरहेको छ । केही समय अगाडि मात्रै विप्लव समूहलाई गा,ली गरिरहेका प्रधानमन्त्री ओली अब नरम भएका छन् ।

कहिले हुन्छ एकता ?

प्रधानमन्त्री ओली विप्लवसँग छिट्टै एकता गर्न तम्सि,एका छन् । स्रोतका अनुसार सोमबार सरकारले सप्राइ,ज दिने तयारी गरिरहेको छ । प्रधानमन्त्री ओली कञ्चनपपुरबाट फर्के लगत्तै मन्त्रिपरिषद् बस्ने तयारी भइरहेको छ ।

विप्लवका तर्फबाट वार्ताका लागि टोली तयार भइरहेका बुझिएको छ । सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको टोली वार्ताका लागि तयार भएको छ ।

भित्रभित्रै दुई पक्षबीच अनौपचारिक कुराहरु मिलिसकेको छ । अब सबै नेता कार्यकर्ताका सामू विप्लवसँग भएका विषयहरु सार्वजनिक हुनेछन् ।

प्रधानमन्त्री ओलीले विप्लव मात्रै होइन टुक्रिएर रहेका सबै कम्युनिष्टहरुसँग एकताको तयारी गरिरहेका छन् । उनले केही समयमा कम्युनिष्टका लिडरसँग एकता हुने बताउँदै आएका छन् ।

ठूलो राजनीतिक दल बनेको नेकपा विभिन्न अन्तरविरोधका कारण अहिले विभाजित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्