तपाईंको साताको राशीफल


ओकेजनता डेस्क
१० फाल्गुन २०७७, सोमबार

कतिपय मानिस भाग्यमा हैन कर्ममा विश्वास गर्दछन् । तर, कर्मका साथै तपाईंको भाग्य, वास्तु सबै कुरा मिल्यो भने मात्रै चाँडै उन्नती सम्भव हुनसक्छ । जुनसुकै धर्ममा आस्था राखेपनि तपाईंको दिन, साता शुभ अशुभ कतिको छ, अनिवार्य ध्यान दिनुहोला ।

बढ्दो प्रविधिसँगै अहिले हातहातमा तपाईंको शुभअशुभ आउँछ, तर पहिले पहिले यहीँ कुरा थाहा पाउनलाई मानिसले निकै कुर्नुपथ्र्यो । दैनिक, साप्ताहिक नभइ वार्षिक रुपमा मात्रै आफ्नो भाग्यलाई चिन्न पाइन्थ्यो ।

मेष

व्यावसायिक यात्राको तयारी गर्न सकिनेछ भने यात्रा उपलव्धी मुलक रहनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेकोछ । माया प्रेममा सामिप्यता बढ्ने योग रहेकोछ । दाजुभाई तथा छिमेकीसँग मिलेर गरिने पेशा व्यावसाय फस्टाएर जानेछ । शाहसिलो काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ ।

बृष

मिष्ठान्न भोजनको योग रहेको छ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपूर्ण कामहरु फत्ते गर्न सकिनेछ । साताभरी रमाइलो पल रहनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुशी हुनेछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

मिथुन

पढाइ लेखाइमा सुधार भएर जाने तथा उत्कृष्ट नतिजा हात लाग्नेछ । व्यवसाय राम्रो फस्टाउने छ । सामाजिक क्षेत्रमा गरेको काम समयमा सम्पन्न हुने हुँदा चर्चा चुलिनेछ । विलासी वस्तुहरुको प्रयोग गर्न पाइने तथा सानु प्रयत्नले भौतिक बस्तुहरु लाभ हुनेछन् । आफ्नो क्षमता प्रयोग गरी वा बैचारिक कुराले सबैलाई आफ्नो मातहतमा राख्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोग हर क्षेत्रमा रहने योग रहेकोछ ।

कर्कट

लामो दुरिको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशसमा बसेर समय खर्चिनेहरुले प्रशस्त रुपैयाँ पैसा कमाउन सक्नेछन् । पढाइ लेखाइमा मनजाने छ । मायाप्रेममा रमाउन चाहनेहरुका लागि भने समय मध्यम रहेको छ । अग्रज तथा आफन्तको सुझाबलाई मान्दै अगाडी बढे चाहेको गन्तव्य पहिल्याउन सकिनेछ ।

सिंह

आम्दानी गुम्ने खतरा छ । विवादित विषयहरुको उठान नगर्नुहोला आफ्नो पक्षमा निर्णय आउने छैन । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिने सम्भावना छ । व्यापार व्यावसायमा लगानी गरेपनि नाँफा कमाउन केही समय कुर्नु पर्नेछ । चाहेका वस्तुहरु समयमा उपलब्ध नहुँदा मन खिन्न हुनेछ । अग्रज तथा दाजुहरुसँग बिनाकारण विवाद हुने योग रहेकोछ ।

कन्या

नयाँ व्यावसाय थालनी गर्दा भनेजस्तो आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको सिढी चढ्न सकिने छ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउने हुँदा सामाजिक पद पाउने ग्रहयोग रहेकोछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई विशवास गर्दै अगाडी बढ्ने समय रहेकोछ ।

तुला

आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरी समाजमा नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रशस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागी दिन उत्तम रहेकोछ ।

बृश्चिक

पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुशी पार्न सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । समय तथा परिस्थिती अनुशार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ ।

धनु

व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । भौतिक सम्पतीको प्रयोग गर्दा वा सवारी साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला । व्यापार व्यावसायमा लगानी गरीहाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ ।

मकर

पढाइमा देखिएको कमजोरि सुधार्दै नतिजा आफैतिर ल्याउन सकिनेछ । आत्मिय मित्र तथा मन मिल्ने साथि भेटिनेछ भने माया प्रेममा प्रसस्त समय रमाउन सकिनेछ । व्यापार व्यावसायमा लगानी गरी आर्थिक स्थिती उकास्न सकिनेछ । कुनैपनि क्षेत्रमा आउने प्रतिस्पर्धीहरुलार्ई हराउदै अगाडि बढ्न सकिनेछ भने सत्रुहरुलाई परास्त हुने तथा न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा आउनेछन् ।

कुम्भ

रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पती लाभ हुनेछ भने शेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ ।

मीन

राजनीति तथा समाजसेवामा जनताको समर्थन भन्दा आलोचना वढी सुन्नु पर्नेछ । आमासँग मनमुटाब बढ्नेछ । बिद्यामा बढी नै समय लगानी नगरे अरुभन्दा पछि परिनेछ भने छात्ती सम्बन्धी सामान्य समस्याले सताउनेछ । सवारी साधन तथा घरजग्गामा गरीएको लगानी फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायबाट भने सन्तोष जनक आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्