रोजगारी खुल्यो, अनलाइनबाट भर्न सकिने


ओकेजनता डेस्क
९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । मुलुकको अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय विभिन्न संकायका लागि ठूलो संख्यामा प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक माग गरेको छ ।

आइतबार दरखास्त आह्वान सम्बन्धी विज्ञापन प्रकाशन गर्दै त्रिविले विभिन्न संकायका लागि खुला प्रतियोगिताबाट पदपूर्तिका लागि ५ सय ३८ उपप्राध्यापक, २४ सहप्राध्यापक र १४ प्राध्यापक माग गरेको हो ।

आगामी चैत १४ गते रातको १२ बजेसम्म आवेदन दिन सकिने र दोब्बर दस्तुर तिरेर चैत २१ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने छ । यसका अनलाइन निवेदन दिन सकिनेछ ।

प्राध्यापक पदका लागि ३ हजार ५ सय आवेदन दस्तुर तोकिएको छ भने सहप्राध्यापकका लागि ३ हजार २ सय र उपप्राध्यापकका लागि ३ हजार रुपैयाँ दस्तुर तोकिएको छ ।

स्नातकोत्तर तह उतीर्ण गरेका व्यक्तिले हालसालै खिचिएको फोटो, आधिकारिक हस्ताक्षर, नागरिकता, स्नातक तहदेखि माथिका सबै योग्यताको लब्धाङ्कपत्र, प्रमाणपत्रहरु र समकक्षताको प्रमाणपत्र, बायोडाटा लगायतका कागजात पेश गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्