प्रदेश १ का मुख्यमन्त्री राई हटाइँदै


ओकेजनता डेस्क
९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । सत्तारुढ नेकपा (सरकार पक्ष)को असन्तुष्टिका बीच प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ ।

राईविरुद्ध नेकपा (आन्दोलनरत पक्ष)ले पुस १२ गते अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । तर सरकार पक्षले नेकपा राजनीतिक रुपमा फुटे पनि कानूनी रुपमा नफुटेको भन्दै वैधानिकताबारे प्रश्न गर्दै आएको थियो ।

आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराउनुभएको थियो ।

तर, सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखेपछि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ । अविश्वास प्रस्ताव पेश हुनेबित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गर्नुभएको छ ।

नेकपा (आन्दोलनरत पक्षले राईलाई जसरी पनि हटाएर कांग्रेसको समर्थनमा सरकार निर्माण गर्ने प्रयत्न गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्