गाइजात्राको अवसरमा देशैभर सार्वजनिक वि:दा


ओकेजनता डेस्क
९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । लमजुङका नेवारी समुदायले आफ्नो साँस्कृतिक पर्व गाईजात्रामा सार्वजनिक वि:दा माग गरेका छन् ।

नेवा देय दवु लमजुङको अगुवाईमा नेवारी समुदायका अगुवाहरुले सार्वजनिक वि:दाको माग गर्दै गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

लमजुङका प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र पठाउँदै नेवारी समुदायले गाईजात्राको अवसरमा देशैभरी सार्वजनिक वि:दाको माग गरेका हुन् । गाईजात्राका बेला सरकारले उपत्यका भित्र मात्रै विदा दिने गरेको तर उपत्यका बाहिरका नेवारी समुदायहरुमा वि:दा नदिएकोले ध्यानाकर्षण गराएको नेवा देय दवु लमजुङका अध्यक्ष धर्मराज श्रेष्ठले बताउनुभयो ।

आफ्नो समुदायको सांस्कृतिक पर्व गाईजात्राको समयमा वि:दा नहुँदा उपत्यका बाहिरका नेवारी समुदायमा हर्ष उल्लासका साथ चाडपर्व मनाउन नपाएको र विधिवत पर्व मनाउन नपाउँदा परम्परागत संस्कृति संरक्षण गर्न नै समस्या भएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

अन्य समुदायको सांस्कृतिक पर्वहरुमा सरकारले देशभरी वि:दा दिने गरेको अवस्थामा नेवारी समुदायको विशेष पर्वहरुमा पनि देशैभरी विदा दिनुपर्ने नेवारी समुदायको माग छ ।

नेपाल एक बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राष्ट्र भएकोले सवै समुदायले मान्दै आएका संस्कृति तथा पर्वहरुलाई समान व्यवहार गर्नुपर्ने नेवारी समुदायको माग छ ।

नेवारी समुदायमा विशेष महत्व राख्ने गाईजात्रा पर्व उपत्यका बाहिरका नेवारी समुदायका लागि पनि त्यत्तिकै महत्वपुर्ण भएकोले यसको संरक्षण, प्रवद्र्धनका लागि देशभर सार्वजनिक वि:दा माग गरिएको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्