प्रचण्डलाई हेग लैजान्छु भन्ने लेनिन ओलीसँग यसरी देखिए…


ओकेजनता डेस्क
९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । माओवादी सशस्त्रद्वन्द्वका क्रममा बालसैन्य कमाण्डरको भूमिकामा देखिएका लेनिन विष्ट ओली पक्षतिर खुलेका छन् ।

केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका लेनिनले आज सामाजिक सञ्जाल फेसबुकमा तस्बिर पोष्ट्याउँदै ‘यो हाँसोको कथा कसलाई के थाहा’ लेखेका छन् । उनी पूर्व माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग रुष्ट बन्दै आएका थिए ।

प्रचण्डलाई हेग पुर्याउने दाबी गरेका लेनिनलाई प्रधानमन्त्री ओलीले आफ्नो पक्षका स्वागत गर्ने तयारी गरेका हुन् । बीचबीचमा प्रधानमन्त्रीलाई भेट्दै आएका लेनिन अब भने पूरा रुपमा खुलेका छन् ।

उनले केही समय अगाडि एक अन्तर्वार्तामा राजनीतिक आकांक्षा व्यक्तिको निजी विचार भएको भन्दै सरकारसँग आफ्ना माग पूरा गर्नका निम्ति दबाब दिन गएको बताएका थिए ।

अहिले लेनिन, पूर्व जनमुक्ति सेनाका कमाण्डर कालीबहादुर खाम प्रधानमन्त्र ओली नजिक बनेका छन् ।

ओली पक्षले नेपालका ससाना कम्युनिष्ट दलहरुलाई एक बनाएर अगाडि बढ्ने जनाएको छ । तर, पूर्व माओवादीबाट ओली पक्षमा लागेर मन्त्री बनेकाहरु ओलीका व्यवहारबाट रुष्ट बन्दै गएका समाचार बाहिरिन थालेका छन् ।

विराटनगरमा शनिबार भएको भेलामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ आफूहरु रुष्ट नभएका भन्दै स्पष्ट पारेका थिए ।

प्रतिक्रिया दिनुहोस्