सेयरमा लगानी कति सुरक्षित ?


ओकेजनता डेस्क
९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । पछिल्लो समय सेयर बजारमा मानिसको आकर्षण बढ्दो रुपमा रहेको छ । कुनै कम्पनीको सेयर खुल्नासाथ मानिसहरु भरिहाल्छन् । १० कित्तामाथिबाट सेयर भर्न मिल्छ ।

सेयर परेपछि मात्रै पैसा काटिन्छ नत्र फिर्ता नै आउँछ । त्यहीँ भएरपनि सेयर बजारमा आम मानिसको चासो बढ्दै गएको छ ।

जस्तै डिम्याट लिनेको संख्या २५ लाखभन्दा बढी नाघिसकेको छ । यसले सेयर बजारप्रति सामान्य मानिसको चासो बढेको देखिन्छ । यो आपैmमा राम्रो कुरा हो । यति भन्दै गर्दा सेयर बजार आफैमा जोखिम क्षेत्र पनि हो । जो नयाँ लगानीकर्ता छ उनीहरुले सेयर बजारसम्बन्धी शिक्षा लिएर दक्ष हुनुपर्ने देखिन्छ ।

अहिले अर्थतन्त्रका आायममा खासै ठूलो परिवर्तन भएको छैन । धेरै सुधार पनि भएको छैन तर त्यति हुँदाहुँदै पनि कोभिडको कारणले रियल सेक्टर अगाडि आउन नसक्नु, रियल सेक्टरका बन्दै जानु आदि कारणले मानिसको सेयर बजारमा चाप बढेको हो ।

सेयर बजारमा बुलिस दुई कारणले आउँछ । एउटा अस्थायी बुलिस जसलाई टेक्निकल्ली बुलिस अर्थात् प्राविधिक बुलिस पनि भनिन्छ । तरलता बढी भएर भएर, ब्याजदर कम भएर, सेयर मार्जिन कर्जा बढी प्रवाह भएर र छिटो छिटो नाफा लिन मार्केटको साइकोलोजीको हिसाबले बढ्ने कुरा हो भने अर्को सेयर बजारलाई अर्थतन्त्रको ऐन मानिन्छ ।

यो अर्थतन्त्रको ब्यारोमिटर हो । यसमा फन्डामेन्टल कुराहरु जीडीपी बढ्नुपर्यो, प्रतिव्यक्ति आय बढ्नुपर्यो । यस्ता कुरा बढ्दै गएर रियल सेक्टरका कम्पनी पनि बढ्दै गयो भने बल्ल त्यस बुलले स्थायित्व पाउँछ र इकोनोमी सँगसँगै सेयर बजार पनि माथि जान्छ ।

अहिलेको बुल स्थायित्व होइन तर अझै तीन चार वर्ष बढ्छ पनि भन्दै हुनुहुन्छ । यसले एउटा साइकल पूरा गरेको छ । अब यसको यात्रा कतातिरको हो ? साइकल यतिकै आउने र जाने हुँदैन ।

साइकललाई कसरी बुझ्नुपर्छ भने अर्थतन्त्रमा हरेक ५, ६ वर्षमा कुनै एउटामा बुम आउँछ र त्यो सेक्टरले अर्थतन्त्रलाई लिड गर्छ । अर्थतन्त्रको त्यो कम्पोनेन्ट उच्च विन्दुमा पुगेपछि सेलाउन थाल्छ ।

फेरि अर्थतन्त्र लिड गर्न अरू कुनै कम्पोनेन्ट आउनुपर्ने हुन्छ । यसको रिफ्लेक्सन सेयर बजारमा पर्ने भएकाले ५, ६ वर्षमा साइकल आउँछ भनिएको हो । यदि अर्थतन्त्रको पाटो कमजोर हुँदै गयो भने ५ वर्षमा नभई १० वर्षमा पनि आउन सक्छ । किनकि अर्थतन्त्र त चलायमान हुन्छ । अहिलेको हिसाबले हेर्दा ५, ६ वर्षको वियरिस साइकल ब्यहोरिसकेको र अर्थतन्त्रमै पनि बुम आउने बेला भइसेको हो तर कोभिडपछि अर्थतन्त्र कम्तीमा बुम नभए पनि ऋणात्मकमा भने जाँदैन ।

अर्को कुरा नेपालका मानिसहरु परिश्रमी छन् अथवा राम्रोसँग काम गर्छन् भन्नुस्, जसले गर्दा कोरोना कहरको बेलामा पनि हाम्रो अर्थतन्त्र ऋणात्मक भएन । अहिले राम्रो सम्भावना देखिएको छ । त्यसलाई सस्टेन गरेर लैजान सकियो भने हामीले २, ३ वर्ष बुल विस्तारै हुन्छ, ह्वात्तै हँुदैन ।

यो एक दम राम्रो अवस्था हो कुल गार्हस्थ उत्पादन (जीडीपी) भन्दा मार्केट क्यापिटलाइजेसन अझै बढी हुनुपर्छ । जीडीपी वर्षभरि कति कमायो भन्ने हुन्छ भने सेयर बजारमा बेलुनिङ पनि भइरहेको हुन्छ । मार्केट साइकोलोजीले पनि अझ बढी प्राइसिङ गर्ने बेला हो ।

जीडीपीकै हाराहारीमा पुग्नु राम्रो हो । तर बजार टिकाउन सकिएन भने मार्केट खर्बौं रुपैयाँले पनि घट्न सक्छ । अल टाइम हाई रेकर्ड बनाउँदै गर्दा अल टाइम डाउन पनि भयो केही दिन । जीडीपीमा ह्वात्त उछाल आउने र ह्वात्त ओरालो लाग्ने हुँदैन ।

फलानाले कमायो भन्दै लहैलहैमा लाग्नु हुँदैन । अथवा नबुझेर पनि बजार पसिसक्नुभएको छ भने पनि पढ्नुहोस् । केही बिग्रेको छैन । तर यस्तो नगरिदिनुस कि घरखेत नै बेचेर ल्याएर सेयरमा हाल्ने, महँगो ब्याजमा ऋण लिएर सेयरमा हाल्ने काम बन्द गरौँ ।

फलानाले कमायो भन्दै लहैलहैमा लाग्नु हुँदैन । अथवा नबुझेर पनि बजार पसिसक्नुभएको छ भने पनि पढ्नुहोस् । केही बिग्रेको छैन । तर यस्तो नगरिदिनुस कि घरखेत नै बेचेर ल्याएर सेयरमा हाल्ने, महँगो ब्याजमा ऋण लिएर सेयरमा हाल्ने काम बन्द गरौँ । कतिपयले त सेयर बजारमा हालेको पैसा डुब्दैन पनि भन्छन् । तर त्यसो होइन । यो शतप्रतिशत कमाउने क्षेत्र हो गुमाउने होइन भनेर आएका पनि देखेका छौँ । बुझेर मात्र बजार प्रवेश गर्नु उचित हुन्छ । सक्नुहुन्छ भनेर बुझेर पस्नुस्, यदि पसिसकेको छ भने अब पनि बुझ्नुस् । तर पनि सेयर बजारमा ३ करोड नै नेपाली पस्नुपर्छ भन्छु म ।

शतप्रतिशत कानुनी र सुरक्षित उत्पादनहरु जस्तो मुद्दती निक्षेप, बिमा र सेयर बजार । सेयर बजारमा एकदमै जोखिम कम भएको क्षेत्र आईपीओलाई मान्छौँ । यी तीनवटा क्षेत्रलाई हामीले ब्लेन्डिङ गरेका छाँै । यो पैसाको शक्तिले कम्पाउन्डिङ गर्ने उत्पादन हो ।

यसले यति ठूलो नतिजा दिन्छ सोच्न पनि सक्तैनौँ । एउटा सिस्टममा अथवा फ्रेममा मनीको पावरलाई एकचोटि गरेको लगानीलाई पटक पटक त्यही बिजनेसमा प्रयोग गरेर मान्छेले एकदमै कम काम गर्ने र पैसालाई एकदमै धेरै काम गराउने हो ।

प्रतिक्रिया दिनुहोस्