विप्लवसँग वार्ताका लागि सरकारका यी अधिकारी जाँदै, स्थान तोकियो !


ओकेजनता डेस्क
९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्ताको लागि प्रस्ताव गरेपछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी पनि सकारात्मक भएको छ । उसले एक विज्ञप्ति जारी गर्दै आफूहरु वार्ताको लागि तयार हरेको जनाएको हो ।

यसअघि ओली सरकारका मन्त्री मणि थापाले नख्खु कारागारमा गएर विप्लव नेता ओमप्रकाश शर्मालाई भेटेका थिए । त्यसबेला पनि वार्ताको विषयमा कुरा भएको थियो ।

विप्लव समूहले आफ्ना कार्यकर्ताको रिहाइ, मुद्धा फिर्तालगायतका माग राखी वार्तामा बस्न तयार तयार रहेको जनाएको छ । सरकारले विप्लवसँग वार्ताका लागि मिति तय गरिरहेको छ ।

वार्ताको क्रममा प्रधानमन्त्री ओलीका विश्वास पात्र प्रदीप ज्ञवाली जाने संकेत सरकारले गरेको छ । विप्लवसँग वार्ता गर्ने स्थान तय भइसकेको छैन । सरकारले विप्लव मात्र नभइ कम्युनिष्टका विभिन्न पक्षसँग वार्ता अगाडि बढाइरहेको छ ।

यतिबेला नेकपामा विभाजन आएसँगै विभिन्न दलका नेता कार्यकर्ता आफूतिर तान्न दुवै पक्षले कसरत गरिरहेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरसँग पनि वार्ता गरेका छन् । पूर्व बालसैन्य कमाण्डर लेनिन विष्टले सरकार अभिभावक भएकोले आफ्ना मुद्धाका विषयमा गम्भीर हुन आग्रह गरेको बताए ।

यद्यपि ओली पक्षमा भने सहभागी नभएको उनको भनाक्ष् छ । प्रधानमन्त्री ओलीले भने जनमुक्ति सेना आफ्नो पक्षमा आएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्