काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भारत जाँदैछन् ।
उनको स्वास्थ्यमा समस्या भएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन् ।
डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।
उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् । उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।
उनी आजै धर्मपत्नी हिसीला यमी लगायतसँग भारत जान लागेका हुन् । केही दिनको उपचारपछि उनी नेपाल फर्किने छन् ।
पूर्वप्रधानमन्त्री भट्टराई आज भारतको राजधानी नयाँदिल्ली जाँदै छन् । उनी नेपाल वायुसेवाको विमानबाट नयाँदिल्ली जान लागेका हुन् ।
डा. भट्टराई स्वास्थ्य उपचारका लागि नयाँदिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।
उनी लामो समयदेखि पेट सम्बन्धी समस्याबाट पीडित छन् ।
उनले लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए ।