सात घण्टामै अःपहरित बालक आफन्तको जिम्मामा…


ओकेजनता डेस्क
९ फाल्गुन २०७७, आईतवार

काठमाडौं । धनुषाबाट आफ्नै छोराको अ,पहरणमा संलग्न भएको आ,रोपमा बुवासहित मामा पःक्राउ परेका छन् ।

ती बालकलाई अ,पहरणमा परेका ७ घण्टाभित्रै सकुशल उ,द्धार गरिएको प्रहरीले जनाएको छ ।

अ,पहरणमा तीनजना संलग्न रहेको प्रहरीको भनाइ छ । जिल्लाको नगइराइन नगरपालिका वडा नम्बर ६ जटहीबाट शनिबार बिहान अ,पहरणमा परेका ७ वर्षीय बालकको जनकपुरधामस्थित एक होटलबाट शनिबारै राति उद्धार गरिएको प्रहरीले जनाएको छ ।

जटहीका रमेश दासका ७ वर्षीय छोरा चन्दन शनिबार दिउँसो १ बजेबाट हराएका थिए । साँझमा उनको घरमा बच्चालाई अ,पहरण गरिएको भन्दै १ करोड फिरौती माग गरिएको थियो ।

प्रदेश नम्बर २ का प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहका अनुसार फि,रौती माग गरिएपछि बच्चा अ,पहरणमा परेको जानकारीमा आएको थियो ।

लगत्तै खटिएको प्रहरी टोलीले बच्चालाई जनकपुरधामबाटै फे,ला पारेर उद्धार गरेको थियो । बच्चालाई जनकपुरधामको माछा बजार नजिकै राखिएको अवस्थामा उद्धार गरिएको छ ।

बच्चाको अ,पहरणमा संलग्न भएका उनका दुई जना मामा पःक्राउ परेका छन् । लक्ष्मेश्वर दास र अर्का एक जनाको नाम खुल्न सकेको छैन् ।

प्रहरीले बालकका पिता रमेशलाई पनि पःक्राउ गरेको छ । बच्चा अपहरणमा उनको पनि संलग्नता भएको अ,ाशंकामा उनलाई पनि पःक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बालकको अःपहरण भएको सम्बन्धमा थप जानकारी दिन प्रहरीले आइतबार जिल्ला प्रहरी कार्यालय, धनुषामा पत्रकार सम्मेलन गर्दैछ ।

प्रदेश नम्बर २ मा विभिन्न खाले घःटनाको बिस्तार भइरहेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्