विप्लव के मन्त्री बन्दैछन् !


ओकेजनता डेस्क
८ फाल्गुन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मोरङको विराटनगर सभामा आफ्नो मन्तव्य राख्दै थिए । उनले पहिल्यैदेखि प्रतिबन्धित समूह विप्लव माओवादीसँग सरकार वार्ताको लागि तयार बन्दै गरेको बताएका थिए ।

शनिबार विप्लव माओवादीले पनि वार्ताका लागि तयार रहेको जनाएको छ । सरकारले मार्ग प्रशस्त गरे वार्ता गर्न सक्ने जनाएको छ । जनताको हकहितका लागि लडाइँ समाप्त नभएको जनाएको विप्लवले शान्ति प्रक्रियाका लागि तयार बन्दै गएको संकेत गरेको छ ।

नेकपा स्रोतका अनुसार विप्लव वार्तामा आएपछि समग्र एकताको पक्षमा उभिने अड्कल गरिएको छ । कम्युनिष्टको एकतालाई सुदृढ पार्ने गरी सबै मिलेर जानुपर्ने विप्लवको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्