प्रधानमन्त्री ओली मञ्चमा प्रवेश गर्दा नेम्बाङको बोली अवरुद्ध…


ओकेजनता डेस्क
८ फाल्गुन २०७७, शनिबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरमा ओली पक्षले आयोजना गरेको जनसभालाई सम्बोधन गर्न त्यहाँ पुगेका छन् ।

प्रधानमन्त्री ओली मञ्चमा पुग्दै गर्दा पार्टीका नेता सुवासचन्द्र नेम्बाङ सम्बोधन गर्दै थिए । ओली आइसकेपछि सबै उपस्थित जनताको ध्यान उनीतर्फ आकर्षित भयो ।

नेम्बाङले पनि मञ्चबाटै ओलीको बयान गरे । आफै आसन ग्रहण गराए । सबै जनता निर्वाचनको पक्षमा रहेको भन्दै प्रधानमन्त्री ओलीलाई सुनाए ।

उनले केही अघि भनेका थिए विमानस्थलमा प्रधानमन्त्री ओली ओर्लिदै गर्दा उहाँको मुहारमा मैले चकम देखेको नेम्बाङले जनसभामा उपस्थित भएकाहरुले सुनाए ।

विराटनगरमा ओली पक्षले आयोजना गरेको जनसभामा बोल्दै नेम्बाङले जनताले निर्वाचन चाहेको बताए ।

जनता नै नयाँ जनादेशमा जान खोजेको भन्दै उनले निर्वाचन कसैले पनि रोक्न नसक्ने भएकाले सबै तयारी रहन आग्रह गरे ।

उनले एक फरक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले रहरले नभइ बाध्यताले प्रतिनिधि सभा विघटन गरेको नेम्बाङले सुनाए । उनले भने, ‘दुई तिहाइको प्रधानमन्त्रीले आफूले गर्न चाहेको नपाएपछि संसद विघटन गरे ।’

यहीँ फागुन ११–१२ गते सर्वोच्च अदालतको फैसला आउने सुनाउँदै नेम्बाङले आफ्नो पक्षमा फैसला आउने विश्वास व्यक्त गरे ।

जनताले निर्वाचन चाहेकोले अब त्यसबाट पछाडि हट्न नमिल्ने उनले बताए । सर्वोच्चलाई कसैले पनि गुमराहमा राख्न नपाउने भन्दै नेम्बाङले उसको आदेश र निर्णय सबैले मान्नुपर्ने बताए ।

दाहाल–नेपाल पक्षले सर्वोच्चलाई दबाब दिन खोजेकोले त्यो लोकतान्त्रिक मूल्यमान्यता विपरित रहेको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्