ओलीको सन्देश बोकेर नेम्बाङ मञ्चमा– ‘आज उहाँले खास घोषणा गर्दै हुनुहुन्छ’


ओकेजनता डेस्क
८ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेकपा (ओली पक्ष)का नेता सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरको जनसभामा नयाँ केही घोषणा गर्ने बताएका छन् ।

विमानस्थलमा प्रधानमन्त्री ओली ओर्लिदै गर्दा उहाँको मुहारमा मैले चमक देखेको नेम्बाङले जनसभामा उपस्थित भएकाहरुले सुनाए । विराटनगरमा ओली पक्षले आयोजना गरेको जनसभामा बोल्दै नेम्बाङले जनताले निर्वाचन चाहेको बताए ।

जनता नै नयाँ जनादेशमा जान खोजेको भन्दै उनले निर्वाचन कसैले पनि रोक्न नसक्ने भएकाले सबै तयारी रहन आग्रह गरे ।

उनले एक फरक प्रसंगमा प्रधानमन्त्री केपी शर्मा ओलीले रहरले नभइ बाध्यताले प्रतिनिधि सभा विघटन गरेको नेम्बाङले सुनाए । उनले भने, ‘दुई तिहाइको प्रधानमन्त्रीले आफूले गर्न चाहेको नपाएपछि संसद विघटन गरे ।’

यहीँ फागुन ११–१२ गते सर्वोच्च अदालतको फैसला आउने सुनाउँदै नेम्बाङले आफ्नो पक्षमा फैसला आउने विश्वास व्यक्त गरे ।

जनताले निर्वाचन चाहेकोले अब त्यसबाट पछाडि हट्न नमिल्ने उनले बताए । सर्वोच्चलाई कसैले पनि गुमराहमा राख्न नपाउने भन्दै नेम्बाङले उसको आदेश र निर्णय सबैले मान्नुपर्ने बताए ।

दाहाल–नेपाल पक्षले सर्वोच्चलाई दबाब दिन खोजेकोले त्यो लोकतान्त्रिक मूल्यमान्यता विपरित रहेको उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्