शेरबहादुर तामाङलाई फोन, कुन मन्त्री बन्दै हो दाजु… ?


ओकेजनता डेस्क
८ फाल्गुन २०७७, शनिबार

काठमाडौं । नेकपाका प्रभावशाली नेता पूर्व कानून मन्त्री शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई नेकपा (ओली पक्ष)मा प्रवेश गर्दैछन् । नेकपा विभाजित भइसकेपछि दाहाल–नेपाल पक्षमा उभिएका तामाङ अन्ततः ओली पक्षमा आजै प्रवेश गर्दैछन् ।

ओकेजनताले तामाङलाई ओली पक्षमा प्रवेश गर्दै गरेको सत्य हो त ? भन्दै गरेको प्रश्नमा तामाङले भने हो सत्य हो । म अहिले सिन्धुपाल्चोक छुँ, मुलुकको स्थीरता र सुशासनका लागि भएपनि एक पक्षमा बलियो भएर उभिनुपर्ने देखियो । समाचार त्यहीँ हो ।

फोनमा भएको कुराकानीमा तामाङले भने, ‘अब ठ्याक्कै भन्नुपर्दा यो मुलुकको ठूलो परिवर्तनका बेला क्राइसिस आएको छ, यो बेला हामी एक दुई जना कार्यकर्ता, एकजना व्यक्तिका कारणले जोगिने भन्ने कुरा त भएन । तर, पनि मुलरुपमा हिजो हामीले विकास गरेको कम्युनिष्ट आन्दोलन पूर्ववत नेकपा एमाले संरक्षण अर्थात् त्यो धार संरक्षण गर्नु अहिलेको मुख्य चुनौति हो ।’

उनले अगाडि भने, ‘एमालेको संरक्षण र सम्वद्र्धनमा लाग्ने, जोगाउन सकिनेसम्म जोगाउने हो । अहिलेको यो अवस्थामा नेतृत्वले नबुझ्दा र इगोसेन्सका कारण जसरी अन्योलता आएको छ, धेरै कार्यकर्ताहरु रुष्ट भएका छन्, अलपत्रजस्तै पारिएका छन् यो अवस्थामा सबैलाई साझा रुपमा समेट्नका लागि मेरो तर्फबाट सक्ने प्रयास गरिरहेको छुँ ।’

तामाङले भने, ‘हामी राजनीतिक प्राणी हो, हामीलाई सोच्न पाउने र जुन पक्षमा राम्रो लाग्छ त्यहाँ उभिन पाउने अधिकार छ, त्यै अनुसार मैले मुलुक र जनताका निम्ति गर्न सक्ने केही आधारहरु देखेकोले पनि अहिले ओली पक्षमा फर्किएको हुँ ।’

वर्तमान प्रधानमन्त्रीकै ठाउँमा उभिदाँ मात्रै मुलुकलाई निकास दिन सकिन्छ भनेरै यता आएको हुँ ।

मन्त्रीको अफर !

तामाङले भने, ‘मन्त्री म पहिले नै भइसकेको र पहिले नै विश्वास गरेर दिएको पनि हो । त्यतिबेला मैले सामान्य केसमा छोडेको पनि हो । अहिले साथीहरुले काम गरिरहेका छन् । उहाँहरु राम्रो गर्दै जानुहोला । दृष्टिकोण ठूलो कुरा हो । जनताको पक्षमा अहिलेका मन्त्रीले काम गर्नुहोस् राम्रो गर्न सक्नुभएन भने जनताले सजायपनि दिन्छन् ।’

(ओकेजनता डटकमसँग नेता तामाङले गरेको कुराकानीका आधारमा तयार पारिएको सामाग्री)

 

 

प्रतिक्रिया दिनुहोस्